२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

५५ लाखमा रक्त सञ्चार भवन निर्माण, प्रम ओलीले उद्घाटन गर्ने

२६ फाल्गुन २०७२, बुधबार ०६:५४

फागुन २६, बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा
बिर्तामोडको संयुक्त पहलमा बिर्तामोडमा रक्तसञ्चार सेवाको भवन निर्माण पूरा भएको छ ।

bhawan

बिर्तामोड–१स्थित देवी
पञ्चकन्या प्लटिङ रहेको उक्त भवनको भोलि फागुन २७ गते विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन
गर्ने कार्यक्रम तय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सभापति ढकालका अनुसार विहान
८ बजे प्रधानमन्त्री ओलीले रक्तसञ्चार सेवा भवनको उद्घाटन गर्नेछन् ।

बिर्तामोड र झापाका विभिन्न
स्थानका दानवीरहरुले प्रदान गरेको सहयोगबाट उक्त भवन निर्माण गरिएको हो । भवन उद्घाटनको अवसरमा जग्गा
दाता तथा भवन निर्माणमा सहयोग पु¥याउने सबैको योगदानको कदर गरी सम्मान पत्रद्वारा सम्मान गरिने रेडक्रस
उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।

२०६९ साल असार ३ गतेबाट शुरु गरी ५५
लाख रुपैयाँको लागतमा रक्तसञ्चार सेवा भवन निर्माण गरिएको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले बताए ।
तीन तले उक्त भवनमा रेडक्रस बिर्तामोडको कार्यालय तथा जिल्लाको सम्पर्क कार्यालय समेत रहेको छ ।
भवन
निर्माणका लागि देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले १२ धुर जग्गा निःशुल्क उपलब्ध गराएको थियो
। भवन निर्माणका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्नेलाई रेडक्रसको यसेस्कर सदस्यता र २५
रुपैयाँभन्दा बढी प्रधान गर्नेलाई विशिष्ठ सदस्यता प्रदान गरिएको छ । उक्त भवनको पहिलो तलामा एक
बर्षदेखि रक्तसञ्चार सेवा शुचारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म