सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ ।"/>
२०८२, २ चैत्र सोमबार
बझाङ्ग - BJN

भाइरल ज्वरो जिल्ला भरी नै फैलियो

२०७३, २९ श्रावण शनिबार ११:११

सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ । 

मौसम परिवर्तनले गर्दा जयपृथ्वी नगरपालिकामा फाटफुट देखा परेको भाइरल ज्वरो जिल्ला भरी नै भाइरल ज्वरो फैलिएको हो । 

दौलिचौर , सुर्मा ,सुनिकोट, रिलु, भातेखोला, मेलबिसौना लगायतका  गाविस र नगरपालिका वडाहरु चैनपुर, लुयाँटा,हेमन्तवाडा एवं रिठापाटामा भाइरलका बिरामी दिन प्रतिदिन बढ्दै गइरहेका छन । 

भाइरल ज्वरो बढेपछि उपचारका लागि जिल्ला अस्पताल, स्वास्थ्य चौकी र निजी औषधि पसलहरुमा बिरामीको भिँड लागेको छ ।  बच्चा देखि बृद्घ सम्मलाई भाइरल ज्वरो देखिएपछि जनजिवन प्रभावित बनेको छ । 

ज्वरो आउने, हात खुट्टाका जोर्नीहरु दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखा परेको भाइरल ज्वरोका बिरामी ईश्वर सुनारले बताए  । भाइरल ज्वरोले ८ जनाको परिवार नै थला परेको उनको भनाई छ । 

२ बर्ष पहिले बझाङमा फैलिएका भाइरल ज्वरोले ३ जनाको मृत्यु भएको थियो । यस बर्ष पनि जिल्ला भरी फैलिएको भाइरल ज्वरोको तत्काल उपचार हुन नसके यसले पनि महामारीको रुप नलेला भन्न सकिन्न । 

जिल्लाका स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी र जिल्ला अस्पताल गरी दैनिक झण्डै २ सय भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बझाङका सुचना अधिकारी गंग प्रसाद जोशीले बताए । उनले भने भाइरल ज्वरोका बिरामी  दिन प्रतिदिन बढ्दै गइरहेका  र  डाक्टरहरु बिरामीको उपचारका लागि दिनरात खटि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार