सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ल"/>
२३ मंसिर २०८२, सोमबार
दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन

३० श्रावण २०७३, आईतवार ०२:३३

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा उक्त खानेपानी ट्याङकी निमार्ण हुने भएको हो । 

सिसहनियाँ—५ कालापानी, बजार क्षेत्र, पहरुवा, वडा नं. ४ को पिपरी र वडा नं. ६ को बिजौरी गाउँ सम्म खानेपानी पु¥याउने लक्ष्य रहेको बताइएको छ । यसैबीच खानेपानी ट्याङकी निमार्णका लागि उपभोक्ता समिति समेत गठन गरिएको छ । 

सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा भएको भेलाले शान्तराज शर्माको अध्यक्षतामा ९ सदस्यीय खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेको छ । समितीको उपाध्यक्षमा भिमा आचार्य, सचिवमा ओमनाथ बञ्जाडे, कोषाध्यक्षमा अर्जुन अधिकारी र सदस्यहरुमा तुलाध्वज मल्ल, भरतप्रसाद पाण्डे, ठगेन्द्र परियार, प्रतिमा आचार्य र निर्मला चौधरी रहनु भएको छ । 

साथै नव गठित समितीले  खानेपानी तथा ढल निकास विभाग, जिल्ला खानेपानी कार्यालय र सिसहनियाँ गाविसमा पत्रचार समेत गरिसकेको छ । बैठक संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

     



      

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो