नारायण ढुंगाना, साउन ३०, चितवन । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारायण ढुंगाना, साउन ३०, चितवन । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । 

<"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो ‘जोया’

३० श्रावण २०७३, आईतवार ०८:३८

नारायण ढुंगाना, साउन ३०, चितवन । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । 

उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले । 

जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उनको छोटकरी नाम जोया हो । चार वर्षको अन्तरालमै फाटो आउँछ भन्ने उनको मनले कति पनि चिताएको थिएन । भैदियो उल्टो 

जोयाले श्रीमान्को यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् । श्रीमान्बाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । “पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ,” शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् । 

पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् । नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमान्ले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो । 

साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए । मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जो टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । “आफ्नै दुई–तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ” – जोयाले भनिन् । 

तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे । बीचमा रत्ननगरको बकुलहर, पर्सौनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमान्का कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो । 

भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमान्को धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान् जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुव्र्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भाँैतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् । 

यता, प्रमाण जुटाउन आदर्श गृहलाई अहिलेसम्मकै ठूलो समस्या परेको सञ्चालिका मीना खरेल बताउँछिन् । तर बिहे दर्ता नभएको र प्रमाण जुटाउन नसकिएकाले श्रीमान्माथि मुद्दा चलेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह त्यस्ता मान्छेलाइ कानुनी दायरामा ल्याउने प्रयास अघि बढाउनुपर्ने बताउँछन् । 

आदर्श गृहकी सञ्चालिका खरेलले वैधानिक हैसियत बनाएर फिलिपिन्स फर्काउन सफल भएकामा खुसी व्यक्त गरिन् । “नेपालकै नमुना घटना हो,” खरेलले भनिन् – “यसबाट नेपाल र नेपालीले जस पाएको छ ।” उनीसँग अहिले तीन वर्षका छोरा मिगेल र ११ महिनाका छोरा एरिक छन् । फिलिपिन्समा पैसा कमाएर नेपाल घुम्न आउने वाचा गरेकी उनले भनिन्, “आफू जस्तै पीडामा परेकालाई सहयोग गर्छु ।” उनको यही साउन ३१ गते काठमाडौँबाट उडान छ । 

नेपाल सरकारलाई तिर्नुपर्ने रु सात लाख फिलिपिनो सरकारले तिरेपछि उनी आफ्नो देश जान पाएकी हुन् । उनलाई उद्धार गरेर आफ्नै देश फिर्ता पठाइएकामा गाउँले समेत खुसी छन् । गाउँलेले जोयाबाट लिनुपर्ने सापटीसमेत लिन मानेनन् । उता फिलिपिन्समा रहेका उनका परिवार छोरी जिउँदो रहेकामा खुसी मनाइरहेका छन् । “दुई वर्ष भो परिवारसँग टुटेको, नेपाली राम्ररी बोल्न सिकेकी जोयाले भनिन् – “भिडियो कल गर्दा आमा कराजनले साह्रै खुसी हुनुभयो ।” अब फिलिपिन्स गएर पैसा कमाउने, अनि बच्चालाई पढाएर राम्रो बनाउने उनले सपना छ । पैसा कमाएपछि नेपाल घुम्न आउने वाचा समेत उनले गरिन् । 

नेपाली श्रीमान्ले पीडा दिए पनि नेपाल र नेपालीको मन साह्रै ठूलो रहेको भन्दै उनले आफ्नो उद्धार भएकामा खुसी व्यक्त गरिन् । आदर्श गृहले गरेको पहललाई कहिल्यै नभुल्ने बताइन् । प्रहरी प्रमुख बसन्त कँुवर, महिला तथा बालबालिका कार्यालयकै प्रमुख शान्ता पौडेल, महिला नेत्री पार्वती रावल र सरिता केसी, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने लगायतले विदेशी चेलीलाई घर फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै आदर्श गृहको प्रशंसा गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान