५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई नगरको पर्यटकीय क्षेत्रको एकीकृत विकासमा जोड

१३ चैत्र २०७२, शनिबार ०१:४०

 press club1चैत्र १३, सुरुङ्गा  । कनकाई नगरपालिका
क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको एकीकृत विकास गर्न जोड दिइएको छ ।

सुरुङ्गा प्रेस क्लबको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा भएको कनकाई नगरपालिका क्षेत्रमा
रहेका पर्यटकीय क्षेत्रहरुको सम्भावना, चुनौति र अवसर तथा ती क्षेत्रको प्रबद्र्धनमा सञ्चारक्षेत्रको
भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त निष्कर्ष निकालेका हुन् ।

जामुनाबारी सामुदायिक वन उपभोक्ता
समूहको सभाहलमा भएको कार्यक्रममा सो वन समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष
पर्शुराम गिरी र नेपाल पत्रकार महासंघ झापाका सचिव एवम् सुरुङ्गा प्रेस क्लबका सल्लाहकार एकराज गिरीले
अलग अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरुले कनकाई नगरपालिका पर्यटनको ठूलो
सम्भावना बोकेको क्षेत्र भएकाले सबैको साझा र सकारात्मक प्रयत्नबाट जनताको जीवनस्तरसँग पर्यटनलाई आबद्ध
गर्दै समन्वयात्मक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

पर्शुराम गिरीको कार्यपत्रमा
सुकेडाँगी सामुदायिक वन समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेल र एकराज गिरीको कार्यपत्रमा कनकाई बहुमुखी
क्याम्पसका सहप्राध्यापक साहित्यकार एवम् सुरुङ्गा प्रेस क्लबका सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेलले
टिप्पणी गरेका थिए ।

कार्यक्रममा सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेलको संयोजकत्वमा रहेको टीमले
तयार गरेको ९ बुँदे घोषणापत्र पारित गरिएको थियो ।

press club 2

बन्दमुक्त शान्तिक्षेत्रको रुपमा राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय स्तरमा उच्च छबि बनाइसकेकोे यातायातको सुगमता रहेको कनकाई नगरपालिकालाई आन्तरिक तथा
बाह्य पर्यटकहरुको गन्तव्य बनाउन राज्यको चौथो अंगको रुपमा क्रियाशील सञ्चारकर्मीहरुको ठूलो योगदान
रहनेमा सबैको जोड थियो ।

सुरुङ्गा प्रेस क्लबका अध्यक्ष
रामप्रसाद निरौलाको अध्यक्षता, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको
प्रमुख आतिथ्य र कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको विशिष्ट आतिथ्यमा भएको
कार्यक्रममा सुरुङ्गा प्रेस क्लबका सल्लाहकारहरु, कनकाई नगरपालिकाभित्रका सामुदायिक वन समूह, पर्यटकीय
एवम् धार्मिक क्षेत्रका अध्यक्षहरु, कनकाई नगरपािलका क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा
पर्यटन अभियन्ताहरुको सहभागिता रहेको थियो ।

क्लबका कोषाध्यक्ष संगीता उप्रेतीको स्वागत मन्तव्य रहेको कार्यक्रममा
उपाध्यक्षद्वय डिल्लीराम घोर्साई र मनोज बस्नेतले क्लबका गतिविधि उल्लेख गर्दै कार्यक्रमको औचित्यमाथि
प्रकाश पारेका थिए ।

कार्यक्रम क्लबका सचिव गोपीचन्द्र मिश्रले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा