२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमण दरमा बृद्धि भए पनि घरबाटै काम गर्ने विकल्पको अन्त्य

२०७८, १५ श्रावण शुक्रबार १३:३२

साउन १५, कोलम्बो,  (रासस/एएफपी) । श्रीलङ्काले निजामती कर्मचारीहरूका लागि घरबाट नै काम गर्न सक्ने विकल्प अन्त्य भएको शुक्रबार जानकारी गराएको छ । कोरोनाभाइरस सङ्क्रमणको बृद्धि भइरहेको भएपनि सरकारले सोमबारदेखि सबै १२ लाख कर्मचारीलाई कार्यालयमा हाँजिर भई सेवा प्रबाह गर्न आदेश दिएको हो ।

सरकारीका बरिष्ठ अधिकारी जयसुन्देराले भन्नुभयो, “श्रीलङ्काका बहुमत जनसङ्ख्यालाई खोप लगाइसकिएकोले घरबाट काम गर्ने विकल्पको अब आवश्यकता छैन ।” 

श्रीलङ्कामा जुलाईको सुरूमा रहेको कोभिड–१९ सङ्क्रमण दरको तुलनामा अहिलेको सङ्क्रमण दर दोब्बर भए पनि यो कदम चालिएको हो ।

यहाँ दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि हुन थालेपछि यसको सामना गर्न अस्पतालहरू संघर्षरत रहेका एक बरिष्ठ स्वास्थ्य अधिकारीले बताए ।

सरकारी तथ्याङ्क अनुसार यहाँका करिब ९१ लाख ७० हजार नागरिक अर्थात् जनसङ्ख्याको ४३ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् । यस्तै दुबै खोप लगाउनेको सङ्ख्या पनि दुई लाखभन्दा बढी भइसकेको छ ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख पाँच हजार पुगेको र चार हजार ३०० भन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । यद्यपि सरकारको तथ्याङ्कभन्दा निकै धेरै व्यक्ति सङ्क्रमित भएको वा सङ्क्रमणका कारण मृत्यु भएको स्थानीयहरूले बताउने गरेका छन् ।

सरकारले सिन्हाली र तामिल नयाँ बर्षमा मनाइने परम्परागत पर्वमा कोभिड नियन्त्रणका लागि अपनाईएका उपायहरूलाई कडाइ नगर्दा अप्रिलपछि सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएको आरोप सरकारका आलोचकहरूले लगाउने गरेका छन् ।

 यद्यपि सङ्क्रमण दर बढेपछि सरकारले मे महिनापछि नियन्त्रणका उपायलाई कडाईका साथ लागु गरेको थियो भने यसै महिनाको सुरूदेखि यसलाई पुनः खुकुलो पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते