२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘नमस्ते फुपु’ को छायाङ्कन शुरु

२०७२, १५ चैत्र सोमबार ०७:५५

12899837_1766083996936980_156217791_nरुपेश अधिकारी
चैत्र १५, विर्तामोड ।
नेपाली कथानक चलचित्र ‘नमस्ते फुपु’को शनिवारबाट छायाङ्कन शुरु भएको छ ।

कलाकार र पत्रकारहरुको उल्लेख्य उपस्थितिमा झापाको
पर्यटकीय स्थल दोमुखाबाट चलचित्र छायाङ्कनको शुभारम्भ गरिएको हो ।

कार्यक्रमका अतिथि राजु रसाईली र ज्योति बिष्टले सो
अवसरमा चलचित्र सफलताको लागि शुभकामना दिए । झापाली चलचित्रकर्मी कैलाश बराईलीको निर्देशनमा रहेको
‘नमस्ते फुपु’ मा फुपु र विग्रेका भदैहरु वीचको एउटा रमाइलो कथा प्रस्तुत गरिएको चलचित्र निर्माण
युनिटले जनाएको छ ।

चलचित्रको कथा कुमार क्षेत्रीले लेखेका हुन् । चलचित्रमा नायकको रुपमा किसान सुनुवार र
नायिकाको रुपमा जेनी क्षेत्री देखिने भएका छन् भने सन्जय न्यौपाने, विराज पराजुली, अनुप बुढाथोकी, मन्जु
बजगाँई, दिल प्रकाश याक्सो ‘टाईगर’ र सिम्रन बिश्वकर्मा लगायतका कलाकारहरुको पनि शसक्त अभिनय रहने
बताइएको छ ।

हरी
पराजुलीको लगानीमा निर्माण गर्न लागिएको यस चलचित्रमा पूर्वाञ्चलमै पहिलो पटक ड्रोन क्यामेराको प्रयोग
गरिने निर्माण पक्षले बताएको छ ।

झापा, इलाम लगायत पूर्वाञ्चलका बिभिन्न ठाउँ र भारतको दार्जिलिङ्ग र सिक्किममा यसको छायाङ्गकन
गरीने छ । यसको छायाङ्कन सौरभ लामाले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु