२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा

२०७८, १८ श्रावण सोमबार १२:४५

साउन १८, टोकियो  (रासस/सिन्ह्वा) । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ ।

यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हँुदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो ।

कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो । सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ । 

जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

सङ्कटकालका बेला मादकपदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ । अन्य व्यापार व्यवसायलाई पनि नियन्त्रण गरिएको छ । उनीहरुलाई बेलुका ८ बजे बन्द गरिसक्न निर्देशन दिइएको छ । 

सङ्कटकालको निर्देशन पर्याप्तरुपमा कार्यान्वन भएको वा नभएका बारेमा अनुगमन गर्न सरकारी अधिकारीहरु पनि धेरै खटाइएको छ । सरकारले अन्य छ क्षेत्रमा पनि खुकुलो सङ्कटकाल लगाएको छ ।

ती क्षेत्रहरुमा महामारी पनि कम रहेको र प्रतिबन्धात्मक व्यवस्थाहरु पनि खुकुलो बनाइएको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ