साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । 

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । 

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

२०७३, ३१ श्रावण सोमबार ०५:४०

साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । 

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् । 

उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाका ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतको सहयोगमा ठूलीपोखरी लिफ्ट खानेपानी आयोजना सञ्चालन भएपछि उपभोक्तामा पानी पाउने आशा जागेकाले उत्साहित बनेर काममा जुटेका हुन् । यस आयोजनाबाट गाविसका माथिल्लो भागमा पर्ने तीन वटा वडाका करिब १०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । 

आगामी असोज महिनामा काम सक्ने गरी तयारी भइरहेको र आयोजना निर्धारित समयमा सक्नका लागि सबै सामग्री समेत तयारी अवस्थामा राखिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले जानकारी दिनुभयो । 

आयोजनाका लागि आवश्यक पर्ने सिभिलतर्फका बसै पूर्वाधार तयार भइसकेकाले विद्युत् र वितरण लाइनको काम सकेर आगामी असोज महिनाभित्रमा घरघरमा धारा पु¥याउने तयारी भएको उहाँले बताउनुभयो । 

आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको रु एक करोड ४६ लाख खर्च हुने भएको छ । ५६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्याङ्कीमार्फत घरघरमा वितरण गरिने भएको हो । 

गाविसको माथिल्लो भागमा रहेका ३०० घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा एक घन्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै