साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । 

मालपोत अधिकृत गौतम राज अमात्यका अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । 

मालपोत अधिकृत गौतम राज अमात्यका अन"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

३१ श्रावण २०७३, सोमबार ०५:४४

साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । 

मालपोत अधिकृत गौतम राज अमात्यका अनुसार गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरबाट १० हजार ३१५ महिलाको नाममा जग्गा रजिस्ट्रेसन भएका छन् । त्यस अवधिमा जम्मा २५ हजार ९९० जग्गा दर्ता भएका थिए । ती जग्गा दर्ताबाट रु ३३ करोड ४३ लाख ९६ हजार ७१ राजस्व सङ्कलन भएको छ । 

महिलाको नाममा दर्ता भएका जग्गामध्येबाट रु पाँच करोड ३९ लाख, ५६ हजार ६८३ राजस्व छुट पाएका छन् । आव २०७१÷०७२ सालमा ३१ हजार १७९ जग्गा दर्ता भएका छन् । दर्ता भएका जग्गामध्येबाट १२ हजार ७२८ महिलाको नाममा रजिस्ट्रेसन भएका छन् । 

युवा पत्रकारिता पुरस्कार खतिवडालाई 

प्रत्येक वर्ष प्रदान गरिँदै आएको केशवराज दाहाल युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार महाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ । 

आइतबार बेलुका बसेको श्रीप्रसाद–दिव्यराज दाहाल स्मृति कोष पुरस्कार छनोट समितिले एक दशकदेखि विराटनगरलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका खतिवडालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु १५ हजार ५५५ पु¥याइएको छ । खतिवडा कान्तिपुर टेलिभिजन विराटनगर संवाददाता हुनुहुन्छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला