६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भूकम्पबाट प्रभावित मकवानपुरका ३७५ विद्यालय भवनको पुनर्निर्माण

२० श्रावण २०७८, बुधबार ०५:३२

साउन २०, वाग्मती (रासस)। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्ष  ०७७/७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार ६६५ कक्षाकोठा  निर्माण सम्पन्न भएको हो । 

मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पुर्याएको थियो । तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको हेटौँडास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्री पाठकले जानकारी दिनुभयो । 

पुनर्निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने ३१३, सङ्घसंस्थाको सहजीकरणमा ३२ र जापान सरकारको ऋण सहयोग (जाइका) र एशियाली विकास बैंक (एडीबी)का तर्फबाट ३४ वटा छन् । विद्यालयमा कक्षाकोठाबाहेक १४९ विद्यालयमा शौचालय व्यवस्थापन र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन सम्पन्न गरिएको  छ । 

पहिलो मोडालिटीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवनतर्फ ३१३  विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, १४९ शौचालय र ८४ विद्यालय खानेपानी कार्यक्रम रहेको छ । सोमध्ये आव २०७३/७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४/७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन् । आव २०७५/७६ (प्रथम) मा  ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आव २०७५/७६ (दोस्रो)मा ५१ विद्यालय भवनका  १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको थियो । यस्तै २०७६/७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो । उक्त कार्यक्रम आव २०७७/७८ मा निर्माण भएको कार्यालयले जनाएको छ । यस्तै  आव २०७७/७८ का लागि थप आठ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भइआएको थियो ।  

जाइका र एडीबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा बोलपत्र प्रक्रियाबाट निर्माण हुने क्रममा रहेको छ । त्यस्तै सङ्घसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको थियो । एकाइका प्रमुख पाठकका अनुसार आव २०७७/७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कूल ४०९ विद्यालय भवनका एक हजार ९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकामा ३७५ विद्यालयका  एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् । 

त्यसैगरी १४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । हाल ३४ विद्यालयका २८२ कक्षाकोठा निर्माणाधीन छन् । हाल एडिबीको ऋण सहयोगमा थप चार विद्यालय निर्माणका लागि बोलपत्र प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ । यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ  कार्यालय (शिक्षा) को खर्च प्रगति उल्लेखनीय भएको पाइएको छ । कार्यालयले आर्थिक वर्ष  २०७७/७८ को भौतिक प्रगति ९८.२० प्रतिशत रहेको जनाएको छ  । 

यसैबीच जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयमध्ये १३८ विद्यालयमा जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पहुँच नपुगेको र आवश्यकता नभएका जस्ता कारण भौतिक निर्माण कार्यक्रम समावेश गर्न सकिएको अवस्था छैन । विसं २०७२ वैशाख १२ गते शनिबार आएको सो भूकम्पबाट जिल्लामा ४६ सरकारी भवन, ६५ स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठमन्दिरहरूमा क्षति भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या