२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

२०७८, २१ श्रावण बिहीबार ०१:४६

साउन २१, काठमाडौं  । पछील्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ ।

जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो भने मुलुक संक्रमणको तेस्रो लहरमा प्रवेश गर्ने चेतावनी दिइसकेको अवस्थामा पछिल्ला दिनमा बढ्दै गएको संक्रमितको ग्राफले फेरि एकपटक अप्रिय अवस्था आउन सक्ने देखिएको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा बुधबार भने ४ हजार नाघेको छ । बुधबार मात्रै ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । यो भनेको ४२ दिनपछिकै सबैभन्दा धेरै हो ।

गत ८ असारमा १२ हजार २ सय ४ जनाको आरटीपीसीआर र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षणका क्रममा ४ हजार ५ सय २२ जना संक्रमित थपिएका थिए । त्यसयता संक्रमणदर स्थिर रहँदै आएको थियो ।

बुधबार भने ११ हजार ३ सय ५४ जनाको पीसीआर र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गरिएका मध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । उनले भने, ‘यो संख्या निकै धेरै हो । संक्रमण कायम रहेको छ । हेलचेक्र्याइँ नगरौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ