साउन ३१, चितवन । चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, चितवन । चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् ।&n"/>
२८ पुष २०८२, सोमबार
चितवन - CTW

देवघाटमा झन्डै दुई लाख धार्मिक पर्यटक सहभागी

३१ श्रावण २०७३, सोमबार ०६:१३

साउन ३१, चितवन । चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् । 

साउन महिनाभरको पाँच सोमबार गरेर झन्डै दुई लाख दर्शनार्थीले मेला भरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । 

आज साउनको अन्तिम सोमबार सबैभन्दा बढी ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको अनुमान छ । समितिले आयोजना गरेको बोलओम महोत्सव पनि आजैबाट सकिएको छ । 

आइतबार साँझदेखि नै आएका भक्तजनहरु पूजाआजाका लागि बिहानैदेखि ठूलो भीड देखिएको थियो । विगत वर्षदेखि देवघाटमा महिनाव्यापी बोलबम महोत्सव पनि गरिँदै आएको छ । 

देवघाटधाम चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा पर्छ । साउने महोत्सव भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पहँेलो वस्त्र लगाएर खाली खुट्टामै भक्तजन मेला भर्न आएका छन् । 

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिव मन्दिरमा चढाउँदा पुण्य मिल्ने विश्वास रहेको एकजना व्रतालु सुशीला पौडेलले जानकारी दिनुभयो । 

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिना र यो महिनाको पनि सोमबारलाई झनै पवित्र दिनका रुपमा समेत लिने गरिन्छ । 

व्रतालुले रातभर जाग्राम बसेर भजनकीर्तन गरेर मेला भरेका थिए । बोलओम महोत्सवमा भानुभक्तीय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम हालिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो । 

देवघाटसँगै चितवनको रत्ननगर, माडी, पर्सा, भण्डाराका शिवालय तथा भरतपुरको महाकालेश्वर मन्दिर गैँडाकोटका गोपेश्वर मन्दिर गायत शिवालयमा पूजा गर्ने भक्तजनको भीड हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला