२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशमा कोभिड–१९ का कारण एक दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

२०७८, २१ श्रावण बिहीबार १६:०१

साउन २१, ढाका (रासस/सिन्ह्वा) । बङ्गलादेशमा बिहीबार कोभिड–१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्युसङ्ख्या हो । 

यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ ।  

सरकारी अधिकारीका अनुसार बङ्गलादेशभरि स्थानीय समयअनुसार बिहीबार ८ः००  बजेसम्म पछिल्लो २४ घण्टामा ४६ हजार ९९५ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो ।  

बिहीबार १५ हजार ७८६ थप व्यक्तिले कोभिड सङ्क्रमणपछि निको भई घर फर्किएका छन् । यो मुलुकमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ रहेको डीजीएचएसले जनाएको छ । 

सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड–१९ सङ्क्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत सङ्क्रमित निको भएका छन् । 

यसपहिले बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो । जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ