साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको ख"/>
२८ पुष २०८२, सोमबार
चितवन - CTW

सार्वजनिक जग्गा संरक्षण गर्न सुरु

३१ श्रावण २०७३, सोमबार ०६:१६

साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको खोजी सुरु गरेको हो । 

ती जग्गालाई संरक्षण गरेर पार्क, उद्यान तथा वृक्षरोपण गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउन थालिएको रत्ननगर नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका सामाजिक विकास अधिकृत तेजेन्द्र लामिछानेले कतिपय स्थान संरक्षण भइरहेको र कतिपय स्थान संरक्षणको क्रममा रहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत चितवनको रत्ननगर पिठ्वाको नौ बिगाहा जग्गा भुमाफियाबाट छुटाएर संरक्षण थालिएको छ । 

यहाँ ६०० बिरुवा समेत रोपिएको छ । कयर खोलामा ड्याम समेत बनाएर संरक्षण गरिएको र अहिले पोखरी निर्माण र वृक्षरोपण गरेर हरियाली बनाएको रत्ननगर नगरपालिकाको वातावरणमैत्री स्थानीय शासन कार्यक्रमकी अनुगमन अधिकृत सन्ध्या रिजालले बताउनुभयो । 

रत्ननगरको पञ्चकन्यामा अतिक्रमण गरिएको चार कट्ठा जग्गामा हरियाली पार्क निर्माण थालिएको नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर ७ मा रहेको सात बिगाहा र सौराहाको सिसवारमा रहेको १५ बिगाहा जग्गाको समेत संरक्षणका लागि काम थालिएको नगरपालिकाले जनाएको छ । 

सिसवारमा केही व्यक्तिले अतिक्रमण गरेको पाइएको नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले बताउनुभयो । सूचना नै जारी गरेर नगरपालिकाले छाड्न भनेको छ । तर सो क्षेत्रमा भने राजनीतिक विवाद भएकाले नगरपालिकाले प्रभावकारी काम गर्न सकेको छैन । 

स्थानीय राजन भट्ट सार्वजनिक जग्गालाई संरक्षण गरेर खुला मैदान राख्न सके विभिन्न गतिविधि गर्न सहयोग पुग्ने बताउनुहुन्छ । 

चितवन निकुञ्ज, जिल्ला वनले समेत यहाँका अतिक्रमित क्षेत्रको संरक्षण अभियान चलाइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला