२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा

२०७८, २४ श्रावण आईतवार ०४:३४

साउन २४, सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ । धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ एक हजार व्यक्ति अटाउने क्षमताको रहेको निर्माणमा संलग्न हनुमान कन्स्ट्रक्सनका यज्ञपुरुष न्यौपानेले बताउनुभयो । निर्माणमा २०० भन्दा बढी मजदुरले दैनिक काम पाएका छन् । “आउने भदौ महिनामा निर्माण पूरा गरी नेपाली सेनालाई हस्तान्तरण गर्ने लक्ष्य लिएका छौँ”, न्यौपानेले भन्नुभयो, “निर्माणस्थलसम्म जाने कच्ची बाटो वर्षाका कारण हिलाम्मे हुँदा भने केही समस्या भइरहेको छ ।”

कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै गौरीफन्टा सीमा नाका हुँदै भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि गन्तव्यमा पठाउनुपर्नेमा त्यसो नगरिएका कारण यो रोग समुदायस्तरमा फैलिएको बुझाइ छ । भारतमा कोरोना भाइरसको समस्या बढेसँगै गौरीफन्टा नाका हुँदै ठूलो सङ्ख्यामा नेपाली स्वदेश भित्रिने गरेका छन् । यो रोगको सङ्क्रमणका कारण गतिविधि ठप्प हुँदा काम नपाएर बेरोजगार बनेका मजदुर निर्माणाधीन होल्डिङ सेन्टरमा काम पाउँदा खुशी देखिएका छन् ।

निर्माणस्थलमा भेटिनुभएका मजदुर महेश पार्कीले भन्नुभयो, “मजदुरीको काम नपाउँदा पेट पाल्ने चिन्ता थियो, अहिले काम पाउँदा खुशी छौँ ।” कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारको चालु वर्षको सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्याइएको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएको छ ।

आगामी दिनमा आउन सक्ने तेस्रो लहरको कारोना भाइरसबाट बालबालिकामा बढी जोखिम हुने अनुमान गरिएको अवस्थामा बालबालिकालाई लक्ष्य गरी सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र महाकाली अस्पतालमा ३०० शय्या र थप ५० भेन्टिलेटरको व्यवस्थापन गर्न लागिएको छ । पहाडी जिल्ला अस्पतालमा १० देखि २० शय्याको व्यवस्थापनलगायतका कामसमेत गर्न लागिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै