साउन ३१, बैतडी । घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन् । 

बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, बैतडी । घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन् । 

बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्य"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बुबाले आमाको हत्या गरेपछि छोराछोरी बिचल्लीमा

२०७३, ३१ श्रावण सोमबार ०७:२२

साउन ३१, बैतडी । घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन् । 

बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

आइतबार दिउँसो श्रीमान्श्रीमतीबीच एकापसमा सामान्य विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । 

श्रीमतीलाई बन्चरोको प्रहार र लौरोले हिर्काएर हत्या गरेको र श्रीमान्ले घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन् । भारतमा रोजगारी गर्दै आइरहेका कमल २५ दिन अगाडि मात्रै घर फर्केका थिए । 

घटनाको विषयमा अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भन्नुभयो “कमल साइको रहेछन् भन्ने बुझिएको छ, सामान्य विवादपछि रिसको झोकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने पारिवारिक स्रोतको भनाइ रहेको छ ।” 

श्रीमान् भारतमा मजदुरी गर्न गएको बेला घरमा रहेकी श्रीमतीमाथि अरु केही शङ्का गरेर पनि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । 

कमल र बिन्दुको मृत्युपश्चात् तीन छोराछोरीको बिचल्ली भएको छ । चार वर्षमुनिका एक छोरी र दुई छोरा रहेका छन् । छोराछोरी र आमाबुबाको रुवाबासी चलेको छ । 

मृतक दुवैको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र आज परीक्षणपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार