साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र  २४ घण्टाभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र  २४ घण्टाभि"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

नक्कली चिकित्सकलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

३१ श्रावण २०७३, सोमबार ०८:१३

साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र  २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । 

हाल मन्त्रालयअन्तर्गत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत तीनजना चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशङ्कामा छानबिन भइरहेको छ । मन्त्रालयले ती चिकित्सकको नाम सार्वजनिक गरेको छैन । 

छानबिनमा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले राससलाई जानकारी दिनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले छानबिनको दायरा रहेका चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नबाट तत्काल रोक लगाउन सचिव डा उप्रेतीलाई आइतबार निर्देशन दिनुभएको थियो । 

शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब ५० चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको थियो । 

“हामीले मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत नक्कली शैक्षिक प्रमाणपत्र रहेको आशङ्का गरिएका चिकित्सकलाई तत्काल मन्त्रालयमा हाजिर हुन र बिरामीसमेत नजाँच्न निर्देशन दिएका छौँ”-सचिव डा उप्रेतीले भन्नुभयो । 

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गत असार ५ गते ३६ नक्कली चिकित्सक पक्राउ गरेको थियो । तीमध्ये काठमाडौँबाट १३, पर्साबाट, मोरङ र चितवनबाट तीन, ललितपुर र धनुषाबाट दुई÷दुई, दाङ, कास्की, झापा र सुनसरीबाट एक/एक चिकित्सकलाई पक्राउ गरेको थियो । 

यस्तै, यही साउन २४ गते ललितपुर र काठमाडौँबाट एक/एक चिकित्सकलाई सोही आशङ्कामा ब्युरोले पक्राउ गरी प्रहरीले विशेष अदालतमा मुद्दा चलाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला