साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र  २४ घण्टाभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र  २४ घण्टाभि"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

नक्कली चिकित्सकलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

२०७३, ३१ श्रावण सोमबार ०८:१३

साउन २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिनको दायरामा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र  २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । 

हाल मन्त्रालयअन्तर्गत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत तीनजना चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशङ्कामा छानबिन भइरहेको छ । मन्त्रालयले ती चिकित्सकको नाम सार्वजनिक गरेको छैन । 

छानबिनमा रहेका चिकित्सकलाई बिरामी नजाँच्न र तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले राससलाई जानकारी दिनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले छानबिनको दायरा रहेका चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नबाट तत्काल रोक लगाउन सचिव डा उप्रेतीलाई आइतबार निर्देशन दिनुभएको थियो । 

शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब ५० चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको थियो । 

“हामीले मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत नक्कली शैक्षिक प्रमाणपत्र रहेको आशङ्का गरिएका चिकित्सकलाई तत्काल मन्त्रालयमा हाजिर हुन र बिरामीसमेत नजाँच्न निर्देशन दिएका छौँ”-सचिव डा उप्रेतीले भन्नुभयो । 

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गत असार ५ गते ३६ नक्कली चिकित्सक पक्राउ गरेको थियो । तीमध्ये काठमाडौँबाट १३, पर्साबाट, मोरङ र चितवनबाट तीन, ललितपुर र धनुषाबाट दुई÷दुई, दाङ, कास्की, झापा र सुनसरीबाट एक/एक चिकित्सकलाई पक्राउ गरेको थियो । 

यस्तै, यही साउन २४ गते ललितपुर र काठमाडौँबाट एक/एक चिकित्सकलाई सोही आशङ्कामा ब्युरोले पक्राउ गरी प्रहरीले विशेष अदालतमा मुद्दा चलाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति