साउन ३१, तनहुँ । बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । 

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, तनहुँ । बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । 

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्ला"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०७३, ३१ श्रावण सोमबार १०:२१

साउन ३१, तनहुँ । बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । 

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्लाको मनपाङ गाविस वडा नं ३ सेराटारमा ठक्कर दिँदा स्कुटर चालक शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो । 

उक्त घटनापछि स्थानीयवासीले पृथ्वीराजमार्गमा पर्ने दमौली–कोत्रे सडकखण्ड केही समयअघिदेखि अवरुद्ध पारेका छन् । 

दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

अवरुद्ध राजमार्ग खुलाउन र उचित क्षतिपूर्तिका लागि पीडित पक्ष, प्रहरी प्रशासन र यातायात व्यवसायीबीच वार्ता भइरहेको उहाँले बताउनुभयो । 

उक्त स्कुटरमा सवार सोही स्थान निवासी वर्ष ३३ का गगनसिंह कुमाल घाइते भएकाले दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट