साउन ३१, तनहुँ । बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । 

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, तनहुँ । बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । 

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्ला"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

३१ श्रावण २०७३, सोमबार १०:२१

साउन ३१, तनहुँ । बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । 

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्लाको मनपाङ गाविस वडा नं ३ सेराटारमा ठक्कर दिँदा स्कुटर चालक शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो । 

उक्त घटनापछि स्थानीयवासीले पृथ्वीराजमार्गमा पर्ने दमौली–कोत्रे सडकखण्ड केही समयअघिदेखि अवरुद्ध पारेका छन् । 

दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

अवरुद्ध राजमार्ग खुलाउन र उचित क्षतिपूर्तिका लागि पीडित पक्ष, प्रहरी प्रशासन र यातायात व्यवसायीबीच वार्ता भइरहेको उहाँले बताउनुभयो । 

उक्त स्कुटरमा सवार सोही स्थान निवासी वर्ष ३३ का गगनसिंह कुमाल घाइते भएकाले दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला