२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजभित्र थप एक करोड खोप ल्याइने

२०७८, ३२ श्रावण सोमबार ०२:२१

साउन ३२, काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्याइने  प्रतिबद्धता  जनाए ।  

कोभिड–१९  को  महामारीले  सिर्जना  गरेको  चुनौती  र  जिम्मेवारीबारे  आइतबार  आयोजित  भर्चुअल  समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप  लगाउन  उपयुक्त  सबै  जनतालाई  खोप  लगाउने प्रण सरकारले गरेको बताए ।

यो  सप्ताहान्तसम्म  पूर्ण  मात्रामा  खोप  लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।

उनले  सर्वप्रथम  खोपको  व्यवस्थापन,  वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो  भन्नेमा  यो  सरकार  पूर्ण  विश्वास  रहेकोे  बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो  समयदेखि  यसका  चौतर्फी  असर  भोग्दै  आएको  उल्लेख  गरेका छन् ।

सरकारको  कोभिडविरुद्धको  रणनीति  विज्ञानमा,  स्वास्थ्य  क्षेत्रका  विज्ञहरूको  सल्लाहमा  बनाउनेसमेत  प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।

सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन  तथा  दीर्घकालीन  आर्थिक  पुनरुत्थानको  रणनीतिमा  काम  गरिने  जानकारी  प्रधानमन्त्री  देउवाले  दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ