२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा दशैं अगावै

२०७८, ७ भाद्र सोमबार ०२:१४

भदौ ७,  काठमाडौं ।  राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ ।

कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् । 

११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक  कृष्णप्रसाद  शर्माले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा  रहेको  जानकारी  दिए  ।  

सीसीएमसीसित  अनुमति  लिएपछि  १५  दिनको  अग्रिम  सूचना  दिएर  विद्यार्थीका  लागि  परीक्षाका  बारेमा  सूचित  गरिने  उनले  बताए  । 

राजधानी  र  सहरी  क्षेत्रमा  अध्ययन  गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सीसीएमसीले  अनुमति  दिएमा  स्वास्थ्य  सुरक्षाको  मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै  समस्या  नभएको  परीक्षा  नियन्त्रक  शर्माले  स्पष्ट  गरे ।

सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप  कक्षा  १२  मा  अध्ययन  गर्ने  विद्यार्थीलाई  उपलब्ध  गराएको छ ।

यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालय  र  स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ