२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहासमा आज : यी हुन् विश्वका पाँच महत्वपूर्ण घटना

२०७८, ८ भाद्र मंगलवार ०७:४३

आज २४ अगस्ट । आजकै दिन विश्वमा महत्वपूर्ण  राजनीतिक, सामाजिक  र वैज्ञानिक घटना भएका थिए । प्रस्तुत छ– विश्वमा आजकै दिन भएका केही महत्वपूर्ण घटना विवरणः

युक्रेनको स्वतन्त्रता 

सन् २४ अगस्ट १९४९ मा युक्रेनले स्वतन्त्रता पाएको थियो । सोभियत संघका तत्कालिन राष्ट्रपति मिखाइल गोर्भाचेभलाई ‘कू’ गर्ने असफल प्रयासपछि पूर्वी युरोपेली मुलुक युक्रेनले सोभियत युनियनबाट आज स्वतन्त्रता पाएको थियो । देशको संसद् भर्खहोभन राडाले युक्रेन स्वतन्त्रता घोषणा गर्ने कानुन पारित गर्दै जनमतसंग्रहमा जाने निर्णय गरेको  थियो । हरेक अगस्ट २४ मा युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्छ । 

नेटो स्थापना 

आजकै दिन अर्थात् २४ अगस्ट १९४९ मा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनाको स्थापना भएको थियो । यो एउटा अन्तरसरकारी सैन्य गठबन्धन हो । ४ अप्रिल  १९४९ मा नेटो स्थापनाका लागि विभिन्न मुलुकबीच वासिंगटन डिसीमा एउटा सन्धिमा हस्ताक्षर भएको थियो । सुरुमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आईसल्याण्ड, इटली लक्जमबर्ग, नेदरल्यान्ड, नर्वे पोर्चुगल, बेलायत र अमेरिकासमेत १२ देश नेटोका सदस्य थिए । अहिले २८ देश नेटो आबद्ध छन् । नेटो सन्धिको एउटा धारामा समूहको कुनै एउटा राष्ट्रलाई आक्रमण गरेमा सम्पूर्ण गठबन्धनलाई नै हमला गरेको मानिन्छ । 

ब्रिटिसले वासिंगटन जलाए

बेलायतका मेजर जनरल रोबर्ट रोस नेतृत्वको सैन्य फौजले आजकै दिन अर्थात् २४ अगस्ट  १८१४ मा अमेरिकी सहर वासिंगटन डिसी कब्जा गरेर जलाइदिएको थियो । बेलायती सेनाले राष्ट्रपति र संसद् भवनसमेत हमला गरेका थिए । आक्रमणपछि तत्कालीन राष्ट्रपति म्याडिसन र उनको सरकारका सदस्य भागेर म्यारिल्याण्डको ब्रुकभिल्लामा शरण लिएका थिए । ब्रिटिस सेनाले जम्मा २४ घन्टा वासिंगटन कब्जा गरेको थियो । २४ घन्टापछि अमेरिकाले सो सहर पुनः नियन्त्रणमा लिएको थियो ।

प्लुटोलाई अनौठो ग्रहको मान्यता

आजकै दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष युनियन (आइएयु) ले प्लुटोलाई अनौठो र पुड्को ग्रहको रुपमा वर्गीकरण गरेको थियो । आइएयुका अनुसार प्लुटो न त ग्रह हो न प्राकृतिक भूउपग्रह नै । यो एउटा यस्तो पिण्ड हो, जसले तारालाई परिक्रमा गर्छ । सन् १९३० मा अमेरिकी अन्तरिक्ष यात्री क्लाइडी टोमबगले यो ग्रहलाई सबैभन्दा पहिले पत्ता लगाएका थिए । वैज्ञानिकहरुका अनुसार प्लुटो हाम्रो सौर्य प्रणालीकै अनौठो ग्रह हो । 

इटालीको विनाशकारी ज्वालामुखी

इतिहासमा आजकै दिन दक्षिण इटालीमा विनाशकारी ज्वालामुखी आएको थियो । ७९ एडी माउन्ट भेसुभिअस नाम दिइएको सो ज्वालामुखीमा २० हजार मानिसको ज्यान गएको थियो । ज्वालामुखीले इटालीका तीन सहर पुरिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ