साउन ३२, गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 

सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 

सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारपाक सडक डेढ महिनादेखि अवरुद्ध

३२ श्रावण २०७३, मंगलवार ०४:५४

साउन ३२, गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 

सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण सामग्री ढुवानी नहुँदा अनुदान रकम बुझेकाले पनि घर बनाउन सुरु गरेका छैनन् । बारपाकी सडक मर्मतको पर्खाइमा छन् । 

सदरमुकामदेखि बालुवाबजारसम्म सवारी आवागमन हुँदै आएको छ । बालुवादेखि बारपाक, लाप्राक हुँदै गुम्दा सडक अवरुद्ध भएको हो । “सडकमा ठूलो पहिरो झरेको छ”, सो खण्डको रेखदेख गर्न खटिएका सडक योजना कार्यालयका कर्मचारी राजेन्द्र गुरुङले भन्नुभयो, “पहिरोसँगै ठूला रूख ढलेका छन् ।” राङरुङ खोलामा पुल नहुँदा समस्या भएको छ । मान्द्रेभन्दा तलको उकालो बाटोमा धेरै ठाउँमा पहिरो झरेको उहाँको भनाइ छ । 

सडक योजना कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीका अनुसार पानी पर्न कम भएपछि अवरुद्ध बारपाक सडक खुलाउने तयारी छ । राङरुङदेखि मान्द्रेसम्मको खण्डमा पहिरोका कारण गाडी नचल्ने भएपछि गोरखाबाट बारपाकका लागि छुटेका बस बालुवा बजारमा रोकिन्छन् । 

बारपाकसम्म सवारीसाधन नचल्दा भूकम्पको केन्द्रबिन्दु बारपाकलगायत धेरै क्षति भएका गाविस लाप्राक, गुम्दा, उहियासम्म निर्माणका सामग्री तथा अत्यावश्यक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । 

बारपाक–१ का लालबहादुर गुरुङका अनुसार बर्खाका बेला बर्सेनि सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि सदरमुकामस्थित अस्पताल पु¥याउन सकिँदैन । गाउँमा बिरामी बोक्न सक्ने युवा छैनन् । हेलिकोप्टर चार्टर गर्नसक्ने गाउँलेको आर्थिक क्षमता पनि छैन । अवरुद्ध बाटो छिटो खुलाएर बारपाक सडक कालोपत्र गर्नुपर्ने उहाँको भनाइ छ । 

बारपाकलगायत जिल्लाभरका ३२ ग्रामीण सडक डेढ महिनादेखि अवरुद्ध हुँदा त्यस रुटमा चल्दै आएका यात्रुवाहक बस ग्यारेजमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार