साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । 

विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । 

विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२६ वर्षीया मिर्गौलापीडित इन्द्राद्वारा सहयोगका लागि सबैलाई आग्रह

३२ श्रावण २०७३, मंगलवार ०५:०६

साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । 

विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गर्नुभएको हो । 

उहाँको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले इन्द्रा खत्री उपचार अभियान सञ्चालन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी संस्थाको १९औँ अभियानका रुपमा इन्द्रा खत्री उपचार अभियानको घोषणा गरिएको हो । 

कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि म्याग्देलीले अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले इन्द्राको उपचारका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले इन्द्राको उपचारका लागि आवश्यक रकम सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा पीडित खत्रीले आफ्नो अवस्था नाजुक स्थितिमा पुगेको र भदौ १२ गतेपछि अस्पतालमै भर्ना भएर बस्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले आफ्नो जीवन रक्षा गर्न आग्रह गर्नुभएको छ । 

खत्रीको उपचारका लागि कोषका सदस्य सन्दीप खत्रीको संयोजकत्वमा अस्ट्रेलियाबाट हरि कार्की, हरि गिरी र बेनीबाट यामबहादुर केसी सदस्य रहेको समितिसमेत गठन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार