२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

२०७८, १० भाद्र बिहीबार ०९:१५

 भदौ १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो ।

सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ । 

मृतकको सङ्ख्या पनि अहिले बढेको छ । पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो ।

महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ । केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी केरलामा पछिल्लो एक दिनमा २१५ जनाको मृत्यु भएको छ ।

केरलामा अहिले एक लाख ७० हजार २९२ सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख ५८ हजार ५३० जना रहेका छन् । तीमध्ये तीन लाख ३३ हजार ७२५ सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार ४४० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार १५९ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ