साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य केन्द्रका इन्चार्जले रक्सी खाएर लापरबाही गरेपछि …

३२ श्रावण २०७३, मंगलवार ०५:२१

साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

सोमबार बेलुकीको समयमा इन्चार्ज यादव प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको छेउमै रहेको जिरोमाइल चौकमै अत्यधिक मात्रामा रक्सी सेवन गरी अलपत्र अवस्थामा सुतेको फेला परेपछि इन्चार्ज यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको हो । 

बारम्बार ड्युटीको समयै रक्सी सेवन गर्दै आएकाले निज चिकित्सक यादवलाई स्थानीयवासीको रोहवरमा राखेर विभागीय कारबाहीका लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

एमबिबिएस स्तरको करार दरबन्दीमा गत वर्षदेखि अस्पतालको इन्चार्ज जस्तो पदमा रहेर कार्यरत रहनुभएका चिकित्सक यादवले यसभन्दा अगाडि पनि अनेकौँ पटक ड्युटीको समयमा रक्सी सेवन गरी लापरबाही गर्दै आएको जानकारी सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए तापनि कुनै कारबाही नगरेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । 

यस सम्बन्धमा जिल्ला अस्पताल जलेश्वरका प्रमुख मनिष पाण्डेले इन्चार्ज यादवलाई तत्काल उपचारका लागि व्यवस्था गरिनुपर्ने बताउनुभयो । करारमा सो अस्पतालको प्रमुखका रुपमा पठाइएकाले उच्च निकायले आफूहरुलाई कुनै जानकारी बिना खटाएकाले आफूले यस सम्बन्धमा कुनै कारबाही गर्न नसक्ने पाण्डेको भनाइ छ । 

आफूले तथा आफ्नो कार्यालयले सुधारका लागि बारम्बार दिएको लिखित एवम् मौखिक निर्देशनको इन्चार्ज यादवले बेवास्ता गर्दै आएको प्रमुख पाण्डेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार