साउन ३२, सल्यान । शारदा नदिको किनारमा आज एक शव फेला परेको छ । सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, सल्यान । शारदा नदिको किनारमा आज एक शव फेला परेको छ । सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा "/>
२०८२, २ चैत्र सोमबार
समाज

शारदा नदिको किनारमा एक पुरुषको शव फेला

२०७३, ३२ श्रावण मंगलवार ०५:५२

साउन ३२, सल्यान । शारदा नदिको किनारमा आज एक शव फेला परेको छ । सल्यानको बाँझकाँडा गाबिस वडा न. ७ ज्यामिरे शारदा नदिको किनारमा मंगलबार आज बिहान ६ बजे तीर उक्त शव फेला परेको हो । 

बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५० वर्षिया कुल बहादुर वलिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । स्थानिय कोटबारा टाट्के बजार बाट घर तर्फ फर्कदैँ गर्दा टाट्के नजिकै बाट हिजो सोमबार बेलुकी करिब ६ बजे वलि लाई शारदा नदिले बगाएर बेपत्ता पारेको थियो । 

वलीलाई खोलाले बगाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे, स्थानीय बासीको सक्रियतामा खोजी कार्य तीव्रता पारिएता पनि रातीको समय भएको तथा शारदा नदिमा  पानीको बाहफ बढी भएका कारण खोजी कार्यमा असहजता भएको थियो ।

 तर आज बिहान मात्रै स्थानियले नदिको किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे बाट प्रहरी नायब निरिक्षक परशुराम चौधरीको कमाण्डमा ५ जनाको टोली घटना स्थल तर्फ गएको थियो । घटना स्थलमा पुगेर अनुसन्धान गर्दा त्यो शव वलीको नै भएको थाहा भएको थियो । 

शव वलीको भए पछि प्रहरीले परिवारलाई खबर गरेको थियो । घटना स्थलमा मृतक वलीका छोरा पुगे पछि अहिले उक्त छोराको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । बुद्धि पुनको सहयोमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च