२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको डिभी पर्‍यो, नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा ६ जना पक्राउ

२०७८, २१ भाद्र सोमबार ०६:२२

भदौ २१, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सन् २०२०को अमेरिकाको डिभी नजितामा नाम निस्केका तर शैक्षिक योग्यता नपुगेपछि नक्कली प्रयोग गरी जान खोजेको आरोपमा ६ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। 


नाम निस्केपनि भिसा प्रकृयाको लागि आवश्यक कक्षा १२ को शैक्षिक योग्यताको कागजात उनीहरूले नक्कली बनाएर पेश गरेको आरोप छ। पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दिप बिष्ट र काठमाडौंका सोहिली शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले शुक्रबार काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।  उनीहरूले प्रयोग गरेको विभिन्न नक्कली प्रमाणपत्र समेत प्रहरीले बरामद गरेको उनले बताए। साथै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको महाशाखाले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ