दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ "/>
२०८२, २ चैत्र सोमबार
मुगु - MG

मुगुमा पुर्ण सरसफाई बनाउन अभियान

२०७३, ३२ श्रावण मंगलवार १०:१८

दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ ।

जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको प्राबिधिक सहयोग र ग्रामिण खानेपानी तथा सरसफाई बिकास कोषको आर्थिक सहयोगमा गम्था, रारा, कालै र रोवा गाविसको वडास्तर अभियान शुरु गरिएको छ । 

पूर्ण सरसफाईको लागि उक्त गाविसको प्रत्येक घरदैलोमा घरधुरी बर्गिकरण अभियान थालनी गरिएको छ । गम्था गाविस वडान ३ लाम्मुरु गाउ“को ५६ घरधुरी लाई बर्गिकरण गरिएको छ । 

घरधुरी बर्गिकरण गर्दा पूर्ण सरसफाई भएको घरधुरी लाई हरियो प्लेट, सरसफाईमा मध्यम घरधुरी लाई  पहेलो र न्यून सरसफाई भएको घरधुरी लाई रातो प्लेट टा“सिने भएको छ । 

कालै गाविसको वडान ७, ८ र ९ वडाको  १ सय ३४ घरधुरी लाई पुर्ण सरसफाई अभियानको लागि बर्गिकरण गरिएको छ । राम्रो सरसफाई भएका ८४ मध्य सरसफाई भएको ३१ र न्यून सरसफाई भएका १९ रहेका छन् । 

रारा गाविसको १ देखि ४ वडाका १ सय ४६ घरधुरी मध्ये राम्रो सरसफाई भएका ३८ मध्यम सरसफाई भएका ५१ र न्यून सरसफाई भएका ५७ घरधुरी बर्गिकरण गरिएको छ । 

पहिले नै खुल्ला दिशामुक्त गाविस घोषणा भई सकेको रारा, गम्था, कालै र रोवा गाविस लाई पूर्ण सरसफाई बनाउन घरधुरी बर्गिकरण अभियान शुरु गरिएको सरसफाई अभियानकर्ता कृणबहादुर चनले बताउनु भयो । 

उक्त गाविसको वडास्तरहरुमा खानेपानी धारा निर्माणको लागि आयोजना संचालनको लागि सर्बे डिजाईन अघि बढाईएको संस्थाका अध्यक्ष पदमबहादुर रावलले भने यो बर्ष भित्र आयोजना सम्पन्न गरिने लक्ष्य छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै