ज्ञानेन्द्र न्यौपाने, साउन ३२, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । 

पौराणिक कथनअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्ञानेन्द्र न्यौपाने, साउन ३२, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । 

पौराणिक कथनअ"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड आउने तीर्थालु बढे

३२ श्रावण २०७३, मंगलवार १०:२४

ज्ञानेन्द्र न्यौपाने, साउन ३२, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । 

पौराणिक कथनअनुसार समुद्र मन्थन गर्दा कालकुट विष निस्केको र समुद्रमा निस्केको विष छोडिदिँदा सम्पूर्ण चराचर प्राणी जगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि भगवान् शङ्करले त्यो विषपान गरी घाँटीमै राखेर प्राणी जगत्को रक्षा गर्नुभएको धार्मिक विश्वास रहिआएको छ । 

विष सेवनपछि उहाँले शीतल ठाउँ र पानीको खोजीमा भौँतारिँदै रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं ६ को उच्च भागमा पुगेर विश्राम लिनुभएको धार्मिक विश्वास छ । त्यसैले उहाँको दर्शनार्थ हरेक वर्ष जनैपूर्णिमाको र गङ्गा दशहरा पर्वको अवसरमा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान र पूजा आराधना गर्ने परम्परा रहिआएको छ । गत वर्ष भूकम्पका कारण बाटोहरु असहज हुँदा धार्मिक क्षेत्रमा कम भक्तजन गएतापनि यस वर्ष भीड ह्वात्तै बढेको छ । यात्रुको खाने बस्ने व्यवस्थाका लागि यस क्षेत्रका व्यवसायी अहोरात्र धार्मिक मार्गमा खटिरहेका छन् । 

भगवान् शङ्कर (गोसाइँबाबा) विराजमान रहनुभएको पौराणिक धार्मिक कुण्डमा पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा भई धनधान्य हुने जनविश्वासअनुरुप श्रद्धालुहरु काठमाडौँको बालाजु बसपार्क हुँदै रानीवन, रानीपौवा, पीपलटार, बट्टार, थाङ्कोट, गल्छी, देवीघाट हुँदै दुई मार्गबाट त्रिशूलीको ढुङ्गे, उत्तरगया बेत्रावती, ऐतिहासिक कालिकास्थान, गोम्बुडाँडा, राम्चे, ग्राङ, ठाडे, धुन्चेसम्म मोटरमा र धुन्चेबाट चन्दनबारी, लौरिविनायक तेरसो ककरो भिर हुँदै भक्तजन निलाद्री पर्वतको पौराणिक धार्मिक गोसाइँकुण्ड पुग्ने गर्छन् । 

चार धाममध्ये एक मानिने गोसाइँकुण्डको ठूलो धार्मिक मेला यस वर्ष साउन ३० गते पुत्रदा एकादशीदेखि भदौ २ गते ऋषितर्पणी रक्षा बन्धन को दिनसम्म सञ्चालन हुनेछ र सो अवधिमा भक्तजनको ओहोरदोहोर भइरहन्छ । पूर्णिमाको दिन पितृतर्पण गर्नाले दिवङ्गत पुर्खाको आत्मालाई शान्ति मिल्ने र भूतप्रेत पिशाचको भय नहुने विश्वाससमेत रहिआएको छ । 

धुन्चे र स्याफ्रुको तिवारी बगरदेखि गोसाइँकुण्डसम्म उकालो बाटो हिँड्दा स्याँस्याँ गर्दै थकित भएर कुण्ड पुगिन्छ र केहीबेरको विश्रामपछि पौराणिक धार्मिक कुण्डमा डुबुल्की मारेसँग थकान मेटिएर मन चङ्गा हुन्छ । 

गोसाइँकुण्डमा दह बन्नुपूर्व कुण्डको उत्तरतर्फ शङ्कर भगवान्ले त्रिशूल प्रहार गरी उत्पत्ति गराउनुभएको तीन धारामा र कुण्ड तथा मानव निर्मित मन्दिरसमेतमा धूप, बत्ती, जौ तिल, जट्टावाला नरिवल, श्रीखण्ड वा केशरी, गाईको घ्यू, बेलपत्र, सस्र्यूं, वसाहा, दियोजस्ता सामग्री चढाई पूजा गर्नाले जानेर वा अन्जानमा गरेका सबै पाप नष्ट भई नयाँ सोच पलाउने मान्यता रहिआएको छ । जिन्दगीमा एकपटक भए पनि कुण्ड पुग्नैपर्ने जनविश्वास छ । 

बेत्रावती उत्तरगया घाटमा दाह्री केश मुण्डन, गङ्गा पूजन र पितृ तर्पणपछि गोसाइँकुण्डको यात्रा अगाडि बढ्छ । भक्तजनले कुण्डमा पुगेपछि स्नान गर्ने र कुण्डको परिक्रमा गर्ने र सके सात नसके एक पटक भए पनि साथीलाई हात समाउन लगाई कुण्डमा डुबुल्की लगाउने गर्छन् । 

धुन्चेबाट तिवारी बगर एक घन्टाको पैदल यात्रापछि उकालो सुरु हुने र लौरिविनायक पुगेपछि लेक लाग्ने समस्या हुनसक्छ । 

विगत १७ वर्षदेखि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा लेक लाग्ने समस्याको समाधान गर्न लामो समयदेखि क्रियाशील रहँदै आएको छ । लौरिविनायकमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाले चिकित्सक र औषधि पठाउने, लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेनाले चोलङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्दैआएको छ । 

अहिले हिमाली क्षेत्रमा हिँड्न नसक्ने भक्तजनका लागि चन्दनबारीदेखि गोसाइँकुण्डसम्म घोडाले पु¥याउने व्यवस्थासमेत भइसकेको छ । 

जनैपूर्णिमा पर्वमा करिब १५ हजार भक्तजनले गोसाइँकुण्डमा मेला भर्ने अपेक्षा गरिएको गोसाइँकुण्ड मेला व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । निर्धक्कसाथ तीर्थ गर्न सबै भक्तजनमाझ आग्रह गरिएको बताउनुभयो । यस वर्ष देशका प्रायः सबै जिल्लाबाट भक्तजनको आगमन भएको देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध