गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नवभिजन लघु जलविद्युत र पोखरावासी विचको विवाद साम्य

२०७३, ३२ श्रावण मंगलवार १२:५३

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 

नियमित रुपमा विद्युत आपुर्ती नहुनु र अनिवार्य शेयर लगानी गनुपर्ने आयोजनाको बाध्यकारी नियमका कारण २ पक्षविचमा केहि महिना देखी विवाद सृजना भएको थियो । दुई पक्षिय छलफलमा पोखरा १, २, ३ र ४ का उपभोक्ताबाट एकमुष्ट १० लाख शेयर लगानी गर्ने समझदारी बनेको छ । 

भाद्र १० गते भित्र उक्त रकम आयोजनालाई बुझाउन नसके आयोजनाले नै प्रति उपभोक्ता ५१ सयका दरले रकम उठाउने, आर्थीक अवस्था कमजोर भएकाबाट ६ सय रुपैंया शुल्क लिएर ग्राहक बनाउने र एकैचोटी ५१ सय रुपैंया दिन नसक्ने ग्राहकबाट किस्तामा रकम असुल्ने निर्णय भएको छ । 

त्यस्तै सम्पुर्ण उपकरण मर्मत तथा खरिद आयोजनाले नै गर्ने, आवश्यकता अनुशार पोखराबाट प्रतिनिधित्व हुनेगरी कार्य समितिमा राख्ने, अहिले बन्द रहेको विद्युत सेवा आगामी भाद्र २ गतेबाट सुचारु गर्नेपनि सहमति भएको छ । सहमति अनुशार पोखरामा भने भाद्र ३ गते मात्र बत्ति बल्ने भएको छ । 

आयोजनाको तर्फबाट उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र वहादुर मल्ल र उपभोक्ताहरुको तर्फबाट नेपाली कांग्रेसका मन वहादुर खत्री, नेकपा एमालेका पसुपति खड्का र नेकपा माओवादी केन्द्रका खिमानन्द पौडेलले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै