गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नवभिजन लघु जलविद्युत र पोखरावासी विचको विवाद साम्य

३२ श्रावण २०७३, मंगलवार १२:५३

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो । 

नियमित रुपमा विद्युत आपुर्ती नहुनु र अनिवार्य शेयर लगानी गनुपर्ने आयोजनाको बाध्यकारी नियमका कारण २ पक्षविचमा केहि महिना देखी विवाद सृजना भएको थियो । दुई पक्षिय छलफलमा पोखरा १, २, ३ र ४ का उपभोक्ताबाट एकमुष्ट १० लाख शेयर लगानी गर्ने समझदारी बनेको छ । 

भाद्र १० गते भित्र उक्त रकम आयोजनालाई बुझाउन नसके आयोजनाले नै प्रति उपभोक्ता ५१ सयका दरले रकम उठाउने, आर्थीक अवस्था कमजोर भएकाबाट ६ सय रुपैंया शुल्क लिएर ग्राहक बनाउने र एकैचोटी ५१ सय रुपैंया दिन नसक्ने ग्राहकबाट किस्तामा रकम असुल्ने निर्णय भएको छ । 

त्यस्तै सम्पुर्ण उपकरण मर्मत तथा खरिद आयोजनाले नै गर्ने, आवश्यकता अनुशार पोखराबाट प्रतिनिधित्व हुनेगरी कार्य समितिमा राख्ने, अहिले बन्द रहेको विद्युत सेवा आगामी भाद्र २ गतेबाट सुचारु गर्नेपनि सहमति भएको छ । सहमति अनुशार पोखरामा भने भाद्र ३ गते मात्र बत्ति बल्ने भएको छ । 

आयोजनाको तर्फबाट उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र वहादुर मल्ल र उपभोक्ताहरुको तर्फबाट नेपाली कांग्रेसका मन वहादुर खत्री, नेकपा एमालेका पसुपति खड्का र नेकपा माओवादी केन्द्रका खिमानन्द पौडेलले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…