सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती सामुदायिक वनको सार्वजनिक सुनवाई

३२ श्रावण २०७३, मंगलवार १३:०६

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ । 

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा समूहकी कोषाध्यक्ष गोमाया केसीले आर्थिक बर्ष २०७२÷०७३ को २८ लाख ४६ हजार ५ सय ७० रुपैयाँ २० पैसा बराबरको आय—व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

समूहकी सदस्य पुष्पा पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वन संरक्षण र विकासका लागि सबै उपभोक्ताहरु जिम्मेवार भएर वातावरणमैत्री व्यवहार बनाउनु पर्ने बताएका थिए । सामुदायिक वन हाम्रो भन्ने भावनाको विकासबाट मात्र वन संरक्षण सम्भव भएकोले सबैको भुमिका महत्वपूर्ण हुने बताएका थिए । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापा, समूहका पूर्व अध्यक्ष अलिमोहम्मद मियाँ, निर्वतमान अध्यक्ष मिना थापा, सल्लाहकार गोरखनाथ कसौधन, सलिम शाह, जिल्ला वन कार्यालयका वन प्राविधिक बिष्णुप्रसाद पोख्रेल, चोरीशिकारी नियन्त्रण समितीका संयोजक चेतबहादुर पुन, पत्रकारहरु महेश रिजाल, सन्तोषकुमार गुप्ता, जमिर शाह, उपभोक्ताहरु कमल केसी, कुवारीदेवी गोराथोकी र कर्ण केसी लगायतका बक्ताले सल्लाह—सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सञ्चालन समूहका कार्यालय सचिव मुक्तबहादुर केसीले गरेका थिए भने सार्वजनिक कार्यक्रमको सहर्जीकरण नर्ती सामुदायिक वन समन्वय समितीका सहर्जकर्ता शिवप्रसाद शर्माले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो