ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा "/>
२०८२, ८ फाल्गुन शुक्रबार
डडेलधुरा - DDL

राष्ट्र शान्तिका लागी परापुर्वकालपछि पहिलो सहस्त्र चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा

२०७३, ३२ श्रावण मंगलवार १३:२९

ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा मन्दिरमा सहस्त्र चण्डिका महायज्ञ लगाईएको छ । 

जब घर, परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलन्छ तव सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको कामना गरिने हिन्दु धर्मको परम्परा छ । सशस्त्र चण्डिका पुजा देबिको चरित्र सम्बन्धिको एक महायज्ञ हो । सहस्त्र चण्डिका महायज्ञमा बिशेष गरी दुर्गा सप्तसतेपाठको एक हजार पाठ गरिन्छ । 

उग्रतारा मन्दिरमा तिन दिन यता जारी महायज्ञमा एक सय आठ ब्रामणहरुले राष्ट्र शान्तिका लागी एक हजार पाठ गरि दैनिक रुसमा जप गरि रहेका छन । हिन्दु धर्मको रुद्रयामल तन्त्रमा बताईए अनुसार परक्रम भय तथा रोग व्याधी, अन्य कयौ दुःख पिडाबाट मुक्तिका लागी सहस्त्र चण्डिका महायज्ञ लगाउनु वा लगाईने महायज्ञका प्रमुख पुजारी शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका छन ।

 सहस्त्र चण्डिका महायज्ञमा सय ब्रामणलाई बरणी गरी २१ हातको मण्डप तयार पारी एक हजार ब्रामण वा अन्य आगुन्तुकहरुलाई भोजन गराउनु पर्दछ । एक सय गौदान र एक हजार कन्यालाई भोजन र कन्या पुजन गर्न सकिए सप्तधान्य दान, भु–दान गर्न सके मानवले चिताएको काम बन्ने शिन्दु धर्म शास्त्रमा उल्लेख रहेको शास्त्रि पण्डित जोशीले बताएका छन । 

सहस्त्र चण्डिका महायज्ञ नेपालमा बिरलै हुने भएकाले उग्रतारा मन्दिरमा हुनुले अलौगिक र कलिकालको असमयोग यज्ञ मान्न सकिने महायज्ञका आयोजक अमरगढी ६ दुमडाका भट्ट परिवारका अगुवा पुष्प भट्टले बताएका छन ।

परापुर्वकाल देखि अहिले सम्मको यो महायज्ञ सुदुरपश्चिम क्षेत्रको पहिलो यज्ञ नै भएको शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका छन । अष्टादश भुजाले युक्त भएकी देवि भगवतीको मुर्ति स्थापना गरेर उनै देविको पुजन गरी जाग्रत गराई एक शक्ति प्रादुर्भाव महायज्ञमा गरिन्छ । प्राप्त शक्तिबाट कुनै एक व्याक्तिको मात्र नभाई राष्ट्रकै कल्याणका लागी सहस्त्र चण्डिका महायज्ञ भगवति मन्दिरमा लगाईएको महायज्ञमा सहभागी पण्डितहरुको भनाई छ । 

महायज्ञका आयोजक एक मात्र व्यक्ति भएकाले उनको सतत प्रायस यस क्षेत्रका विद्धतजनको प्रयास, यहाका एक सय आठ पण्डितको सामुहिक कार्यले महायज्ञ आजका दिन सम्म निर्भिकनता पुर्वक पुगेको पण्डितहरुले बताएका छन ।

महायज्ञको शुरुवातमै भगवती माता उग्रतारा एवं हिन्दु धर्ममा बर्षाका देवता मानिले ईन्द्र संग जल बर्षण रोक्न सन्देश पठाईएको र अहिले सम्म उग्रतारा मन्दिर क्षेत्रमा बर्षा नभएकाले यसलाई बलिायो मश्विास गर्न सकिने शास्त्रि पण्डित जोशीले बताएका छन । 

यस कारण पनि महायज्ञमा जे चितायो त्यो पुरा हुने बिश्वास गरिएको छ ।  नेपालमा परापुर्वकाल देखिनै मानिदै आएको हिन्दु धर्मको संस्कृती, हिन्दु दर्शनलाई जगेर्ना गर्न, नेपाललाइ हिन्दु राष्ट्रको रुपमा स्थापना गर्न, हिन्दु धर्मालम्बिहरुको बाहुल्यता भएको नेपालमा घात र प्रतिघात भईरहेकाले उग्रतारा मन्दिरमा लगाईएको सहस्त्र चण्डिका महायज्ञले आम नोपलीमा सदबुद्धी आउने बिश्वास लिईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो