साउन ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

भोलिदेखि क्षमताभन्दा बढी यात्रु बोके तत्काल कारवाही हुने

३२ श्रावण २०७३, मंगलवार १४:५५

साउन ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न सम्बद्ध निकायहरु निकायलाई निर्देशन दिएको छ ।

आज मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था मन्त्री रमेश लेखकले क्षमताभन्दा अत्याधिक यात्रु बोकेर गुड्ने शहरी रुट बाहेकका क्षेत्रमा चल्ने सवारीलाई कुनैपनि बाहनामा छुट नदिन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन् । ग्रामीण रुटमाहरु गुड्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्न तुरुन्त रोक्ने मन्त्री लखेकले निर्देशन दिएका हुन् । 

क्षमताभन्दा बढी यात्रु बोकेको जिम्मेवारी सवारीधनिले लिनुपर्ने बताउँदै मन्त्री लेखकले प्रहरीले पनि धेरै यात्रु बोकेर सवारीको कागजात तुरुन्त जफत गर्नुपर्ने बताए । अटेर गर्नेहरुमाथि कडा कारवाही गर्न कुनै कानुनी व्यवस्था आवश्यक भए तत्काल ऐन परिमार्जनका लागि प्रस्ताव ल्याउन उनले यातायात व्यवस्था विभागलाई निर्देशन दिए ।

मन्त्रालयले सवारी दुर्घटना न्युनीकरणका लागि के-के गर्न सकिन्छ भन्नेबारे सुझाव दिन र सवारी तथा यातायात व्यवस्था ऐनमा थप गर्न आवश्यक देखिएका प्रावधानबारे तत्काल गृहकार्य गरेर पेश गर्न विभागका अधिकारीलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने