२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हनी ट्र्याप’मा पारेर १८ लाख लिने पक्राउ

३ आश्विन २०७८, आईतवार १६:४१

न्युज कारखाना | असोज ३, दाङ | दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जानकारी िदएको छ ।

५० लाख रुपैयाँबाट बार्गेनिङ गरेर १८ लाख रुपैयाँमा कुरा मिलाई आपराधिक रूपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

'हनी ट्र्याप'मा पारेर पैसा असुल्ने ती महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छौँ', उनले भने, 'अनुसन्धानले उनीहरूले पैसा असुल गरेको पुष्टि पनि भएको छ ।'

रिजालले पुरुषहरूलाई 'हनी ट्र्याप'मा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका- १५ निवासी ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र घोराही- ५ निवासी ३२ वर्षीया सुष्मा परियार रहेको बताए ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेराबाट ७ असारमा पीडितलाई धम्की दिई पीडितबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ३ (ख)बमोजिम व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झूटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान रहेको हुँदा उनीहरुलाई सोहीअनुसार अदालतमा मुद्दा दर्ता गरिएको रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता