२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उराँव समुदायमा दशैं नआउँदै जमरा

२०७८, ५ आश्विन मंगलवार १०:१३

प्रकाश तिम्सिना/न्युज कारखाना । ५ असोज , सुनसरी । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।    

कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम पुजा गरेका छन् । पूजाका अवसरमा उराँव समुमदायका पुरुषहरू धोती, गम्छाको पगरी र परम्परागत पहिरन र महिलाले रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना) ले सजिएका थिए । यस्ता कार्यक्रमले उराँवहरूको सँस्कृतिको प्रर्वद्धन, भाषाको संरक्षण र मौलिकता प्रदर्शनमा योगदान पुग्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए । 

विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमका अवसरमा मनाइने करम पूजाले उराँव समुदायमा एकआपसमा भाइचारा बढाएको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरूको हक, अधिकार र पहिचानका लागि सबै क्षेत्रबाट सबै खालका सहयोग आवश्यक रहेको जोड दिएका थिए ।  

उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा (मंच) मा परम्परागत पहिरनसहित नाचगान गर्ने, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो । उराँव समुदायका शिक्षक सम्पतलाल उराँवका अनुसार करम पूजाको पूर्व सन्ध्यामा परम्परागत कला कौशल, गीत नृत्य प्रस्तुत गरिएको थियो । यस्तै, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री (माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हलो) को प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रामलाल उराँवको भनाइ छ । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह