२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा नागरिकता लिन आधा महिना पालो कुर्नुपर्ने बाध्यता

६ आश्विन २०७८, बुधबार ०३:०९

जानु पाण्डे/न्युज कारखाना ।  असोज ६,कपिलवस्तु । दरबन्दी अनुसारको कर्मचारी नहुँदा कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको छिमेकी जिल्ला कपिलवस्तुमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छोरी इसा रानाको नागरिकता बनाउन आएका बुद्धभूमी-२ का टङ्क राना लामो पालो कुर्नु परेपछि दिक्क मान्दै भन्दै थिए, 'छोरीको लागि भदौ २८ गते कार्यालय पुगेको थिए । भीड भाड धेरै भएकाले कर्मचारीले टोकन दिएर गेटबाट फिर्ता गरे । असोज १५ गते कागजात लिएर आउने गरी टोकन पाएको छु । छोरीलाई कम्प्युटर हार्डवेयरको निःशुल्क तालिमको लागि नागरिकता अनिवार्य चाहिने भएकोले कार्यालय पुगेको थिए । नागरिकता बनाउनकै लागि आधा महिना समय कुर्नु पर्ने रहेछ ।'

कार्यालयमा कर्मचारी अभावले नागरिकता बनाउनदेखी, राहदानी बनाउन, संस्था दर्ता, बजार अनुगमन गर्नसमेत असहज भएको छ । गएको ४ महिना यता अधिकृतदेखि नासुसम्मका कर्मचारी छैनन् । दरबन्दी अपुग भएका कर्मचारी माग गरिएको भए पनि मन्त्रालयबाट व्यवस्थापन हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । 

कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना कर्मचारी रिक्त रहेका छन् । दरबन्दी अनुसार तीन जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा प्रशासकीय अधिकृत नै छैनन् । कागजातमा हस्ताक्षर गर्नका लागि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय र सहायक प्रजिअ नेपाली शाखामा आलोपालो छिर्ने गरेका छन् । यता कार्यालयमा दुई अधिकृतको सरुवा भए पनि हाजिर भएका छैनन् । प्रशासकीय अधिकृत शङ्कर भुसालको तीन महिना अगाडी र चिरञ्जीवी जिएमको दुई साता अगाडी सरुवा भएको थियो ।

यसै गरी कार्यालयमा १० जना नासुको दरबन्दीमा चार जना रिक्त रहेका छ । एक जना नासुको सरुवा गर्ने भने पनि कार्यालय सञ्चालन गर्न असहज भएको कारणले सरुवा रोकिएको नेपालीले बताए । 

पाँच जना खरदार हुनु पर्ने भए पनि एक जना मात्र कार्यरत रहेका छन् । कार्यालयमा नागरिकता बनाउनको लागि दैनिक तीन सय जना आउने गरेका छन् । हालको क्षमता अनुसार दैनिक १ सय जनालाई मात्र नागरिकता बाँड्न सकिएको छ । कर्मचारी नहुँदा कार्यालय सहयोगीसमेत काममा खटिएका छन् । सम्बन्धित कर्मचारी नहुँदा कार्यालय सहयोगी खटिँदा नागरिकता वितरण जस्तो संवेदनशील कार्यमा कमजोरी हुनसक्ने देखिएको अधिकारकर्मी शिवलाल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह