भदौ १, चितवन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, चितवन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । ती"/>
२८ पुष २०८२, सोमबार
चितवन - CTW

फिस्लिङ दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो

१ भाद्र २०७३, बुधबार ०३:२९

भदौ १, चितवन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । तीमध्ये दुईको सनाखत भएको छ । 

सनाखत हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग गौतम रहेका छन् । 

अन्य दुईको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सनाखत भएका आमाछोराको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य दुईको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती दुवै पुरुष हुन् । 

दुर्घटनाका घाइतेमध्ये १८ जनाको चितवन मेडिकल कलेजमा र एकजनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । नौजना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले बताउनुभयो । 

साँझपख पानी परिरहेको समयमा दुवै गाडी तीव्रगतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…