२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति

२०७८, ७ आश्विन बिहीबार ०५:४८

 असोज ७, काठमाडौँ  ।  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ । 

संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो ।

“हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नु पर्छ ।”

संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायत स्थानमा रहेको चुनढुङ्गा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आवश्यक रहेको बताउनुभयो । उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भू–गर्भ विभाग काठमाडौँलाई पत्र पनि पठाएको छ । त्यस स्थानबाट चुनढुङ्गा उत्खनन कार्य भएमा कडा आन्दोलन गर्न पनि तयार हुने उहाँले बताउनुभयो । “यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पु¥याउन सक्छौँ ।”    

तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ । त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उहाँले बताउनुभयो । विसं २०२८ देखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो । मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन् । त्यसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन् । -रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह