महेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रत"/>
२०८२, २४ चैत्र मंगलवार
पर्बत - PBT

प्लाष्टिक र गिलास मुक्त घोषणासभा कार्यक्रम नागरिकद्वारा बहिष्कार

२०७३, १ भाद्र बुधबार ०८:२१

महेन्द्र केसी/भदौ १, पर्वत । कुश्मा बजारलाई प्लाष्टिक र प्लाष्टिकबाट बनेका गिलास मुक्त बनाउनको लागि बुधबार कुश्मा बजारमा प्रतिबद्धता सभाको आयोजना गरियो । 

तर सभाको अबस्था हेर्दा लाग्थ्यो कुनै कार्यालयको औपचारिक कार्यक्रम सडकमा गरिदै छ । कार्यक्रममा आयोजकमात्रै थिए भन्दा फरक नपर्ला ।

 नागरिक सरोकारको विषयमा नागरिकको सहभागीता नहुनेले जिल्लामा चालिएको यो कदम  शुरु नहुर्दै एक हिसाबले अन्त्य भएजस्तै देखिन्थ्यो । कार्यक्रममा आयोजक आफै भाषणा गर्ने र आफै सुन्ने शिवाय अरु केहि भएन । 

न त राजनीतिक दलहरु स्वतस्फुर्त रुपमा सहभागी भए न त नागरिकनै । पुश पंक्षि विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलको आथित्यतमा संचालन भएको उक्त कार्यक्रममा उनले मानव शरिरका लागि प्लाष्टिकजन्य पदार्थबाट असर पर्ने भएका कारण यसको रोकथामको लागि जोडदिनुपर्ने बताए । 

उनले यसलाई नागरिकलाई चेतना जगाउँदै लैजाउनपर्नेमा जोड दिए । प्रजिअ शम्भुप्रसाद मरासिनीले बाताबरण मन्त्रालय थपिएपछि सरकारले प्लाष्टिक मुक्त बनाउनको लागि अभियाननै चलाएको उनले बताए । 

जिल्लामा अब अनुगमन भैराख्ने र अनुगमनको क्रममा प्लाष्टिक झोलाको प्रयोग भएको भेटिएमा जफत गर्नुका साथै जरिवना समेत भराउने बताए तर उने प्लाष्टिकको विकल्पमा केको प्रयोग गर्ने भन्ने बारेमा स्पष्ट रुपमा भने खुलाउन सकेनन् ।

जिल्लालाई प्लाष्टिक झोला मुक्त बनाउनको लागि अभियान चलाइएता पनि प्लाष्टिकको सट्टा केको प्रयोग गर्ने भन्ने कुराको सरोकारवाला निकायले जानकारी गराउन नसकेपछि स्थानिय नागरिक तथा व्यपारीले कार्यक्रममा सहभागी नभएर त्यसको खुलेरै विरोध गरेका छन् । 

उनीहरुले कार्यक्रममा सहभागी जनाएनन् । कार्यक्रममा सहभागी नभएर उनीहरुले खुलेरै विरोध गरेका हुन् । कार्यक्रमा नागरिकका सहभागीता नभएपछि यो कार्यक्रम प्रभावकारी हुन सक्छ वा सक्दैन भने प्रश्न चिन्ह उठेको छ । अभियान प्रभावकारी भैनसक्दै हतारमा प्रतिबद्धता सभाको आयोजना गरिएको कतिपयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै