विमल धामी/ भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैबाहमा साझेदारी विकास परियोजना अन्तरगत इक्वाईल एक्सेस सस्थाद्धारा गठित डाँफेमुनाल रेडियो श्रोता समुहले सुदूर पश्चिमेली हरुको महान पर्व गौराको अवसर पारेर सार्वजनिक स्थल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/ भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैबाहमा साझेदारी विकास परियोजना अन्तरगत इक्वाईल एक्सेस सस्थाद्धारा गठित डाँफेमुनाल रेडियो श्रोता समुहले सुदूर पश्चिमेली हरुको महान पर्व गौराको अवसर पारेर सार्वजनिक स्थल"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गौराको अवसर पारेर सार्वजनिक स्थल सफाई

२०७३, १ भाद्र बुधबार १२:२८

विमल धामी/ भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैबाहमा साझेदारी विकास परियोजना अन्तरगत इक्वाईल एक्सेस सस्थाद्धारा गठित डाँफेमुनाल रेडियो श्रोता समुहले सुदूर पश्चिमेली हरुको महान पर्व गौराको अवसर पारेर सार्वजनिक स्थल मन्दिर बाटो घाटो सरसफाई गरेको छ ।

सुदूर पश्चिमेलीहरुले भब्यताका साथ मनाउने पर्व गौरालाई मर्यादित र ब्यवस्थित बनाउन गौरा खेलीने ठाउँ बैबाहको बैजनाथ मन्दिर बुधवार सफाई गरिएको क्लव की सहजकर्ता शान्ती महराले जानकारी गराउनु भयो । 

उनले भने हामीले रेडियो कार्यक्रम नयाँ नेपाल , साझेदारी र साथीसंग मनाका कुरा सुनेर अन्य ठाउँका नागरिकहरुले आफु संगै आफ्नो समुदायमा ल्याएको परिवर्तन सुन्दा आफुहरुलाई पनि सामुहिक काम गर्ने प्रेण मिलेको बताए । ‘ हामीहरु हिजोका दिन चुलो चौकामा मात्र सिमित रहेका थियौ ’र हाम्रो काम भनेको घाँस दाउँरा गर्ने , खाना पकाउँने मात्र हाम्रो दिमागमा बसेको थियो । हामीले नियमित रुपमा रेडियो सुन्दै गयौँ । 

स्थानिय बिकासको काममा महिलाको सहभागिता अनिवार्य हुदो रहेछ भन्ने कुरा हामीले थाहाँ पायौँ र हामीले पनि हाम्रो समुदायको लागी केही न केही गर्नु पर्छ भन्ने सोच बनायौ र उक्त सोचलाई आज ब्यवहारमा उतार्ने काम गरेकाछौ । समुह की अध्यक्ष पार्वती जोशीले भने यो बर्खायामको बेला मन्दिर बाटो किनार अनावस्यक घाँस पलाउने फोहर र सर्प किराहरुको डर बाट बच्नको लागी हामीले सफाई गरेकाहौँ । 

आउदै गरेको गौरालाई ध्यान दिएर हामीले सफाई कार्यक्रम गरेकाहौँ भने । श्रोता समुहले गरेको कामले स्थानिय नागरिक खुसी भएका छन् । एक स्थानिय मोहन ठकुराठीले भने यिनको यो कामले हाम्रा आखाँ खोलेको बताए । 

उनले भने यस्ता समुदायको हित हुने कार्यमा आफु सधै लाग्ने कुरा जानकारी गराए । समुहले गरेको यो कामको सबैले प्रसंसा गरेका छन् । यस्तो काम गरेको देख्दा वडानागरिक मञ्चले समुहलाई धन्यवाद संगै थप समुदायको हित हुने काममा आफुहरुको सहयोग रहने कुरा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै