२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

१६ आश्विन २०७८, शनिबार ०९:३०

असोज १६ , चितवन , न्युज कारखाना । चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज (शनिबार)देखि तार काट्न सुरु गरेको हो ।

प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो । उक्त समयसीमाभित्र पनि ठूला इन्टरनेट सेवा प्रदायकले अटेरी गरेकाले उनीहरुको तार काट्न सुरु गरिएको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

भोजाडस्थित १३२ केभी सवस्टेशनबाट निकालिएका तारहरु वितरण केन्द्रको प्रमुखसहितका कर्मचारीले काटेका हुन् । प्रसारण लाइनका टावर हुँदै ल्याएका इन्टरनेटका तार १३२ केभी सवस्टेशनभित्र स्टेशन बनाएर राखिएको छ । सवस्टेशनबाट निकालेर पोलमार्फत इन्टरनेट विक्री गर्ने गरिन्छ ।

सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भए पनि पोल भाडा भने तिरेका छैनन् । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयको निर्देशन अनुसार पोल भाडा नतिर्ने सेवा प्रदायकको तारहरु शनिबार सांकेतिक रुपमा काटिएको भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिव सिंहले बताए ।

‘सम्झौता नगरिकनै पोल प्रयोग गरिरहेका र भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ,' उनले भने, ‘यो सांकेतिक रुपमा सुरु गरिएको छ । सबै जिल्लामा इन्टनरनेट अवरुद्ध भएको छैन । तार काट्ने कामलाई निरन्तरता दिन्छौँ ।’ भाडा सम्झौताका लागि छिटो आउन उनले सेवा प्रदायकलाई आग्रह पनि गरेका छन् ।

नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको उनले बताए । टेलिकम र एनसेलले पोल भाडा दिइसकेको उनको भनाइ छ । जिल्लामा सुविसु, भायनेट, क्लासिक टेक लगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन् ।

स्थानीय इन्टरनेट तथा केबुल सेवा प्रदायकले पोल भाडा तिरिसकेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । २०७५ असारदेखि प्राधिकरणले पोल भाडा बढाएपछि प्राधिकरण र सेवा प्रदायकबीच विवाद बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की