Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट

२०७८, १७ आश्विन आईतवार ०६:३४

असोज  १७, काठमाडौँ , न्युज कारखाना । नेपाल निजामती कर्मचारी युनियन’ उदयपुरको अध्यक्षमा भगवती खतिवडा चयन भएकी छिन् । गाईघाटमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् । 

अधिवेशनले खतिवडा नेतृत्वमा दुई उपाध्यक्ष, सचिव र सहसचिव तथा ६ जना सदस्य तथा चारजना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी चयन छन् भने सचिवमा उत्तम भट्टराई र सहसचिव रुद्र सापकोटा चयन भएका छन् । 

 त्यसैगरी सदस्यमा खड्ग आलेमगर, दिलबहादुर धौलाकोटी, रणबहादुर खड्का, कुमारसिंह थापा, नेत्र पौडेल र लक्ष्यबहादुर श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पेशल दाहालले जानकारी दिए । 

अधिवेशनले निवर्तमान अध्यक्ष पहलमान खड्का, तेजबहादुर पोखरेल, बाबुराम फुयाँल र ढकराज कटुवाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

अध्यक्षका अर्का आकांक्षी भुपध्वज रायमाझीले भने चुनावी प्रक्रिया अपनाउन नदिएर निर्वाचन समितिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान गरेको आरोप लगाए । निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले चुनावी प्रक्रिया अपनाउन नदिएर सर्वसम्मत समिति चयनको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाको धज्जी उडाएको रायमाझीको आरोप छ । 

 निवर्तमान उपाध्यक्ष रहेका रायमाझीले आफू पनि लामो समयदेखि युनियनमा बसेर काम गर्दै आएको, तर अहिले लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्षमा प्रतिस्पर्धा गराउन खोज्दा सर्वसम्मत गर्ने नाममा आफूलाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाटै बञ्चित गरेको गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै