२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

अख्तियारकाे छापापछि चौतर्फी दबाबमा मुख्यमन्त्री राउत

१७ आश्विन २०७८, आईतवार ०८:०१

असोज १७, जनकपुरधाम , न्युज कारखाना। गत १२ असोजको दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मार्‍‍यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रम अन्तर्गत अनियमितता गरेको आशंकामा अख्तियारले छापा मारेको हो ।

प्रदेश सरकारकै सर्वोच्च कार्यकारी निकायमा जानकारी बिनै अख्तियारले छापा मारेपछि आक्रोसित भएका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सोही दिन साँझ पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनी बाहेक कुनै मन्त्री सहभागी थिएनन् । नत उनीसँग अधिकांश मञ्चमा देखिने मुख्य न्याधिवक्ता दिपेन्द्र झा नै थिए । केवल भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव मात्रै थिए ।

 सरकारकै मुख्य मुख्यमन्त्री कार्यालयमा हान्नु  र मुख्यमन्त्रीले पत्रकार सम्मेलन गर्नु र त्यसमा कुनै पनि मन्त्री सरकारको बचाउँ नआउनुले पनि प्रदेश सरकारको मन्त्रिमण्डलमा कतिको सहकार्य र सम्झदारी रहेको दर्साउ छ । अर्को कुरा अख्तियारले छापामार शैलिमा छापामारी गर्नु र संचार माध्यले भ्रामक समाचार सम्प्रेशन गर्नु मुख्यमन्त्री राउतले अभिव्यक्ति दिईरहदाँ कुनैपनि मन्त्रीले अहिले सम्म सार्वजनिक रुपमा सरकारको बचावमा नदेख्नुले पनि धेरै अर्थ राख्छ ।

हुन त मुख्यमन्त्री राउतका पार्टी जनता समाजवादी पार्टी भित्रैबाट एक तप्का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतका समुहले सुरुदेखि नै मुख्यमन्त्री राउतलाई असहयोग गर्दै आएका छन् । केहि महिना अघि मुख्यमन्त्री राउतले आफुलाई असयोग गर्ने तत्कालिन अर्थ मन्त्री विजय यादवलाई घटुवा गरि कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

त्यसैगरि, हिन्दु धर्माम्बलीहरुको वर्चस्व रहेको प्रदेश २ मा पहिलो पटक धार्मिक अल्पसंख्यक मुस्लिम सामुदायका राउतलाई मुख्यमन्त्री बनाउदाँ सुरुदेखि नै अतिवादी हिन्दु संगठनहरु उनको विरोध गर्दै आएको छ । राउत मुख्यमन्त्रीको रुपमा शपथ खाएको दिनपनि प्रदेशका सबै जिल्लामा विराेधस्वरुप  टायर बालिए । केही अघि मात्रै मुख्यमन्त्रीकै गृह जिल्ला तथा निर्वाचन क्षेत्र बिरगंजमा  हिन्दुवादी संगठनले प्रदेश २ लाई मुख्यमन्त्री राउतले तालिबान बनाउन लागेको भन्दै उनको पुतला जलाएको थियो ।   

मुख्यमन्त्री राउतले आमजनताको बीचमा फरक छवि बनाउन सफल भएका थिए । ४ वर्षको अवधिमा प्रदेश सरकारले जन चाहना अनुसार विकास निर्माणको काम नगरेपनि जनतामा मुख्यमन्त्री राउतप्रति खासै रोष र गुनासो थिएन । मन्त्रीहरुहरुको आलोचना भएपनि मुख्यमन्त्री राउतको अन्यभन्दा राम्रो रहेको भन्दै प्रसंसा नै हुन्थ्याे । तर अख्तियारको  छापाले मुख्यमन्त्री राउतको छाविमा घात गरेको छ । १२ प्रतिशत जनसंख्या रहेकको मुस्लिम सामुदायपनि पछिल्लो पटक मुख्यमन्त्री राउतसँग सन्तुष्ट छैन । 

आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृति रुपमा पछाडि परेका मुस्लिम सामुदाय आफ्नै सामुदायका व्यक्ति मुख्यमन्त्री भएपछि संविधानले दिएको समानुपातिक समावेशी अधिकार पाउने आशमा थिए । 

विगत ४ वर्षमा  नीति आयोग, प्रदेश लोकसेवा, प्रदेश जनलोकपाल, आमसंचार प्रधिकरण, मिडिया काउन्सिल लगायतका संस्थाहरुका प्रदेश सरकारले ५० भन्दा बढीलाई राजनीतिक नियुक्ति दिएको छ । तर राजनीतिक नियुक्तिमा एक जना मुस्लिम सामुदायको व्यक्ति नपर्नुले पनि मुख्यमन्त्री राउत प्रति मुस्लिम सामुदायको भरोसा टुटेको छ ।  

प्रदेशमा रहेका मदरसाहरुलाई व्यवस्थित बनाउन तथा मदरसा शिक्षालाई मुलधारको शिक्षामा समावेश गर्ने उद्धेश्यले ल्याइएको मदरसा शिक्षा विधेयक प्रदेशसभाबाट अघि वढ्न सकेको छैन । 

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत साइकल खरिदमा अनियमितता भएको सार्वजनिक र लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले छापा मारेपछि  उनको पार्टी यतिवेला आन्दोलनमा छ । 

अख्तियार दुरुपयोग भए नभएको हेर्ने राज्यको बैधानिक निकायविरुद्ध नै आन्दोलनमा उत्रिएपछि उनको सुशासन प्रतिवद्धतामा विपक्षी दलदेखि स्थानीय जनताले समेत प्रश्न उठाउन थालेका छन् । पार्टी भित्र, सरकार संचालन र मधेशी समुदायभित्रै संतुलन कायम राखन नसकेको भन्दै चौतफृि दवावमा परेका राउतलाई अख्तियार प्रकरण भने फलामको च्युरा हुने उनकै दलका नेताहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य