२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

वर्षौंदेखि उर्लंदो भेरीको धमिलो पानीले तिर्खा मेट्दै खारावासी

२०७८, १९ आश्विन मंगलवार ०७:४७

असोज १९ , जाजरकोट, न्युज कारखाना। हुनेखानेले बोतलका शुद्ध पानी छानीछानी पिउँदा जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारणहरू भेरी नदीको फोहोर पानी पिउन बाध्य छन् । पुर्खौंदेखि भेरी नदीको फोहोर पानी आधा घण्टाको दूरीमा बोकेर पिउनु पर्ने बाध्यता भए पनि खाराबासीको पीडामा मलम लगाउने अस्त्र अहिलेसम्म फेला परेको छैन ।

सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीको लागि याचना गरेका खाराबासी भेरीको पानी पिउने बाध्यता हटन नसकेको पदमा लुहारले बताइन् । ‘भेरीबाट ल्याएको पानी तुरुन्तै प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइ राख्ने र यसबाट एक केजी जति बालुवा गाग्रीको तल थिग्रिएर बसेको हुन्छ । त्यसपछि मात्र पानी पिउन गरिएको छ’, उनले भनिन् । 

पदमाकै जस्तै अर्की कमला लुहारको पीडा पनि कम्ति छैन । ‘तीन महिनाको दुधे बच्चा छोडेर दैनिक तीन पटक भेरी नदीको फोहोर पानी पिउनका लागि नदीको किनारमा पुग्नु पर्छ’ उनले भनिन्, ‘जनप्रतिनिधिदेखि विभिन्न संघ, संस्थाका प्रतिनिधिहरू हेरेर गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन ।’

पशुचौपायदेखि मानिस सबैले भेरी नदीमा पानी पिउनुपर्ने बाध्यता छ । भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहोर पानीका कारण बिरामी हुनुपर्ने पीडा खारावासीको मुख्य समस्य हुँदै आएको छ । ३० घर दलित परिवार र अन्य केही जनजाति समुदायको बसोबास रहेको खारामा पीडा सुन्ने धेरै आए, तर काम गर्ने कोही आएनन् भन्दै आक्रोशसमेत पोख्न थालिएको छ । 

‘अब कुराभन्दा परिणाम चाहिएको छ’, स्थानीयवासी धनवीर लुहारले भने, ‘पानी बोक्दा बोक्दा टाउको समेत दुख्न थालिसक्यो । हामी त बाँनी परिसक्यौँ, तर घरमा पाहुना आउँदा धमिलो बालुवा मिसिएको पानी दिन लाज लाग्छ ।’ 

छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छेडागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर कयौँ भीआईपीको सवारसमेत भयो । तर, खारावासीले भोग्दै आएको पानीको समस्या समाधान हुन सकेन । 

गाउँलेहरू भन्दा विद्यार्थीहरू पानीको ठुलो मारमा छन् । विद्यालय जाँदा घरबाटै बोकेर लगेको पानी अपुग हुँदा विद्यार्थीरू मर्कामा परेका शिक्षकहरूको गुनासो छ । 

धमिलो पानी सेवनका कारण स्थानीयमा पानीजन्य रोग देखिँदै आएको छ । झाडापखाला, जुका लगाएका रोगहरूबाट खारावासी सधैँ पीडित हुने गरेका छन् । वडाअध्यक्ष मोतीलाल खत्रीलाई पानीको समस्य हल गर्न पटक पटक माग गरेपनि समस्या समाधान नभएको सर्वसाधारणहरूको गुनासो छ ।

खत्रीले सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डीपीआरको काम भएको र केही समयपछि पानीको लागि काम सुरु हुने बताए । ‘करोडभन्दा बढीको आयोजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ , खत्रीले भने, ‘हामी विभिन्न साझेदार संघ, संस्थासँग सहकार्य गरिरहेका छौँ । सायद वर्ष दिनपछि खानेपानी खारामा पुग्छ कि, आशा गरौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा