Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

२०७८, २० आश्विन बुधबार ०३:०१

असोज २० , काठमाडौं। श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लिीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ परेका छन्। नवीन सम्झनाकी पहिलो र पासाङ दोस्रो श्रीमान् हुन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले नवीनलँई दुप्चेश्वर र पासाङलाई बिजुलीबजारबाट पक्राउ गरेको हो। प्रहरीकाअनुसार नवीनले सम्झनालाई एक लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई बेचेका थिए। विवाहपछि पासाङले उनलाई दिल्ली लगेर बेचेका थिए।

सम्झनाको नवीनतर्फका पाँच सन्तान छन्। बेचिएको ६ वर्षपछि ३४ वर्षीया सम्झनाको कोठीबाट उद्धार भएको थियो। शक्ति समूहको आश्रयमा रहेकी उनले १ भदौमा ब्युरो पुगेर जाहेरी दिएकी थिइन्। तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले डेढ महिनाको प्रयासपछि नवीन र पासाङलाई पक्राउ गरेको हो।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले पटक पटकको प्रयासपछि मात्रै नवीन र पासाङलाई पक्राउ गर्न सकिएको बताइन्। ‘संझना पाँच सन्तानकी आमा हुन्। उनको पहिलो श्रीमान् नवीन हुन्। एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन्। आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिल्दीमा लगेर बेचेछन्,’ उनले भनिन्, ‘रकम लिएर दुबै जना ढुक्कले बसेका रहेछन्। कर्तुत खुल्न केही समय लाग्यो। अन्नतः दुवै पक्राउ परे।’

प्रहरीका अनुसार सम्झनालाई नविनले ०७१ मा पासाङलाई बेचेका थिए। भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा सम्झना गत ३१ जेठमा नेपाल फर्कन सफल भएकी थिइन्। उनी अहिले शक्ति समूहको संरक्षणमा छिन्। नयाँ पत्रिकाबाट साभार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै