२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सात सय वर्ष पुरानो देवल नामेट बन्ने जोखिममा

२०७८, २१ आश्विन बिहीबार ०८:१२

असोज २१ ,जाजरकोट , न्युज कारखाना । सयौं वर्षको इतिहास बोकेका जाजरकोटका ऐतिहासिक संरचना संरक्षण अभावले नामेट हुने अवस्थामा पुगेका छन् । छेडागाड नगरपालिका–८ घोगी पजारुस्थित चैत्य गुम्बा अर्थात् प्राचीन देवल संरक्षण अभावमा हरेक वर्ष जीर्ण बनिरहेको छ । 

निकै आकर्षक र ऐतिहासिक यो देवल संरक्षणमा सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ । तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जानकारहरूको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य गुम्बा अर्थात् देवल निकै शुन्दर छन् । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने प्रष्ट छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको बेवास्ताका कारण ओझेलमा परेको छ ।

स्थानीयले देवल क्षेत्र समेत अतिक्रमण गर्दै गएका छन् । जसका कारण यसको मौलिकता र महत्व पनि हराउने जोखिम बढेको छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट देवल क्षेत्रमा पुग्न सहज पहुँचमार्ग नभएको र देवल क्षेत्रको पुनर्निर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण ओझेलमा परेको स्थानीय रेशमबहादुर खड्काले जानकारी दिए । 

करिब सात सय वर्षअघि निर्माण भएका ती चैत्य गुम्बा अर्थात् देवलको उचित संरक्षण र प्रचार अभावले बाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासी नै देवलको महत्व र ऐतिहासिकताबारे बेखबर रहेको स्थानीय सरस्वती गिरीले बताइन् ।

पटक–पटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले करिब १० लाख रुपैयाँ विनियोजन गरे पनि रकमको खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधार निर्माण हुन सकेको छैन । तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जोकोहीलाई पनि मोहित पार्ने गरेको छ । तर, उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पजारूको घोगीस्थित चैत्य गुम्बा अर्थात् देवल क्षेत्र संरक्षण र प्रवद्र्धनतर्फ आफूहरूले विस्तृत योजना तयारी गरिरहेको बताए । जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सबै पक्ष लाग्न आग्रह गरे । 

इतिहासिक महत्व बोकेको भेरी नगरपालिका–१ कालेगाउँ शिवालयस्थित महत्वपूर्ण मन्दिरसमेत संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । कच्ची सडकसँग जोडिएको भए पनि थप विकासतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा