२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राजपुरका ३ सय घरमा खानेपानीकाे धारा, थप २ सय घरमा जडान हुने

२०७८, २२ आश्विन शुक्रबार ०५:३१

असोज २२ , काठमाडौँ ,न्युज कारखाना | वर्षाैदेखि खानेपानीको अभाव झेल्दै आएका दाङको राजपुर गाउँपालिका गंगदी नयाँ बस्तीका घरघरमा धारा पुगेको  छ  । राजपुर-५ र ६  का ३ सय घरमा खानेपानीको धारा जडान भएको हो । योसँगै खानेपानीको समस्या टरेको छ । कार्यक्रम संयोजक जगत तामाङले आयोजनाबाट कम्तिमा पाँच सय धारा जडानको लक्ष्य लिइएको बताए । अब थप २ सय घरमा धारा जडान गरिनेछ ।राजपुर गाउँपालिका र रेडक्रसको १ करोड ६४ लाख लगानीमा खानेपानी आयोजना निर्माण भएर घरघरमा धारा जडान भएको हो ।

गंगदी नयाँ बस्तीकी तिलसरी घर्ती २६ वर्षअघि रोल्पाबाट दाङ झरेकी हुन् । आगनमै धारा जडान भएपछि खानेपानीको दुःख टरेको उनले बताइन् । गंगदीकै टंकेश्वर गुप्तालाई पनि पानी घरमा जोहो गर्न समस्या हुन्थ्यो । तर, अहिले घरका धारामा २४ घण्टा पानी आउने गरेको उनले बताए ।

राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले खानेपानी समस्या भएको बस्तीलाई घर घरमा धारा पुगेको बताए । उपाध्यक्ष धनपति यादवले खानेपानी नहुँदा महिलालाई झनै समस्या हुने गरेकामा अब सहज भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा