६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

दुई छोराको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या

२३ आश्विन २०७८, शनिबार ०७:१६

असोज २३, काठमाडौँ | धनुषाको नगराइन नगरपालिकामा आमाले शुक्रबार साँझ दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका–७ फुलगामा गाउँकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

घरमा दुवै छोराको हत्या गरेपछि गुडिया सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको डीएसपी बस्नेतले बताए। कान्छो छोरालाई कपडाले घाँटी च्यापेर हत्या गरेको देखिन्छ भने जेठो छोराको नरिवलको डोरीले घाँटी कसेर मारेको प्रहरीको प्रारम्भिक जाँचबाट खुलेको छ। गुडिया नरिवलको डोरीले पंखा (सिलिङ फ्यान) मा झुण्डिएर आत्महत्या गरेको प्रहरी बताए।घटनास्थलबाट प्रहरीले गुडियाले प्रयोग गर्ने मोबाइल बरामद गरेको छ।

डीएसपी बस्नेतका अनुसार दश वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए। उनीहरुबीचको बिवाहलाई गुडियाका आमाबुवाले स्वीकारेको थिएन। माइतीपक्षसँग उनीहरुको बोलचाल, आउजाउ थिएन। घटनाको एकिन कारण खुलि नसकेको डिएसपी बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता