२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

दुई छोराको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या

२०७८, २३ आश्विन शनिबार ०७:१६

असोज २३, काठमाडौँ | धनुषाको नगराइन नगरपालिकामा आमाले शुक्रबार साँझ दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका–७ फुलगामा गाउँकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

घरमा दुवै छोराको हत्या गरेपछि गुडिया सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको डीएसपी बस्नेतले बताए। कान्छो छोरालाई कपडाले घाँटी च्यापेर हत्या गरेको देखिन्छ भने जेठो छोराको नरिवलको डोरीले घाँटी कसेर मारेको प्रहरीको प्रारम्भिक जाँचबाट खुलेको छ। गुडिया नरिवलको डोरीले पंखा (सिलिङ फ्यान) मा झुण्डिएर आत्महत्या गरेको प्रहरी बताए।घटनास्थलबाट प्रहरीले गुडियाले प्रयोग गर्ने मोबाइल बरामद गरेको छ।

डीएसपी बस्नेतका अनुसार दश वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए। उनीहरुबीचको बिवाहलाई गुडियाका आमाबुवाले स्वीकारेको थिएन। माइतीपक्षसँग उनीहरुको बोलचाल, आउजाउ थिएन। घटनाको एकिन कारण खुलि नसकेको डिएसपी बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा