२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा एकै परिवारका तीन जना मृत फेला

२०७८, २३ आश्विन शनिबार ०९:२०

असोज २३, काठमाडौँ,न्युज कारखाना | धनुषामा  एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । घरको आर्थिक अवस्था कमजोर रहेको गुरुदेव दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

मजदुरीकै कामको लागि जनकपुरमा रहेका श्रीमान गुरुदेवलाई शुक्रवार साँझ गुडियाले फोनमार्फत कुराकानी गरेकी थिइन् । केही वर्षअघि प्रेम विवाह गरेकी गुडियाललाई माइती पक्षले अझै स्वीकार गरेका थिएन । 

घटना के कारणले भएको अहिलेसम्म नखुलेको बताउँदै जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले पारम्भिक अनुसन्धानमा महिला आफैले नबालक छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने देखिएको बताए । 

श्रीमान श्रीमतीबीच कुनै विवाद नरहेको र घरमा वृद्ध सासु ससुरामात्रै रहेकोले पनि विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए । मृतक महिलाको शव पंखामा झुण्डिएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा